दुर्घटना

दुर्घटना

सहबान अन्सारी नवलपरासीको बैदौलीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन ।  झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं. ५ बैदौलीमा आज दिउसो झुलनीपुर देखी प्रतापपुर जादै गरेको यु.पी.५६ एल.७६९० नम्बरको मोटरसाईकल बाटोमा बाख्रा बचाउने क्रममा अनियन्त्रित हुदाँ मोटरसाईकल चालक सोही गाऊपालिका वडा नं. २ बस्ने २८ बर्षिय सात्वन गुप्ता गम्भिर घाईते भएका छन ।  घाईतेलाई उपचारको लागी सहिद स्मृति समुदायीक अस्पताल चौपत्ता लगिएको गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज बिरेद्र खत्रिले जानकारी दिनु भयो ।  सवारी साधन प्रहरीको नियन्त्रणमाछ ।

प्रतिक्रिया