स्थानीय निकायमा समावेश गर्नुपर्ने भन्दै सामाजिक परिचालक आन्दोलित

स्थानीय निकायमा समावेश गर्नुपर्ने भन्दै सामाजिक परिचालक आन्दोलित

दैलेख, भदौं १३ – मंगलवार रिपोर्टर्स क्लव दैलेखमा भएको साक्षात्कार कार्यक्रममा सामाजिक परिचालक हकहित संरक्षण नेपाल दैलेख शाखाले स्थानीय निकायमा सामाजिक परिचालकहरुलाई समावेश गर्नुपर्ने माग राखेका छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका देशभरका सामाजिक परिचालकहरुले स्थानीय तहमा सामाजिक विकास शाखा कायम गरि आफुहरुलाई स्थापित गर्नुपर्ने बताएका हुन् । उनीहरुले एक पटकलाई हद नलाग्ने गरि दरबन्दी सिर्जना गरि सामाजिक परिचालकहरुलाई स्थापित माग गरिएका छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको योग्यता तह अनुसार पारिश्रमिक, दुर्घटना, विमा, उपचार, लगायतका सुविधाहरु ब्यवस्था गरियो भनेर उनीहरुले माग राखेका छन् । उनीहरु बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत आफ्ना मागहरु संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा स्थानीय विकास मन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको छ । देशभर ५ हजार सामाजिक परिचालक छन् । उनीहरुले ७ हजारबाट काम सुरु गरेका थिए । अहिले १२ हजार तलव बुझ्छन् । ज्ञापनपत्र र मागहरुबारे सुनुवाई नभए चरणबन्द आन्दोलन हुने जिल्ला अध्यक्ष चक्र विसीले बताए । स्थानीय तहको निर्देशन पालनाको पदीय दायित्व निर्वाह गर्दै आएतापनि आफुहरुको भविष्य अन्यौलपूर्ण रहेकाले संगठित भएर आन्दोलनमा उत्रनुपरेको सामाजिक परिचालक हकहित संरक्षण नेपाल, प्रदेश नम्वर ६ का सचिव जनक अधिकारीले बताए ।

 

प्रतिक्रिया