प्रमुख जिल्ला अधिकारी र डिएसपीलाइ सुझाव

प्रमुख जिल्ला अधिकारी र डिएसपीलाइ सुझाव

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले दैलेख जिल्लामा भरखरै आउनुभएका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र प्रहरी नायव उपरीक्षक सरोज पौडेललाई जिल्लाको शान्ति सुरक्षा र अमनचैन प्रभावकारी बनाई राख्न सुझाव दिनुभएको छ ।

जिल्लामा कार्यभार सम्हालेपछि परिचय र भेटघाटका लागि प्रमुख थापाको कार्यकक्षमा पुग्नुभएका नयाँ प्रजिअ र प्रहरी प्रमुखलाई जिल्लामा राजनीतिक, सामाजिक र नागरिक समाजको सहयोग रहने बताउदै सहरी किशोरहरुमा लागू दुव्र्यसनी र ग्रामीण क्षेत्रमा मदिराले विकृति रोक्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी न्यौपानले दैलेखको ऐतिहासिक पक्ष, प्राकृतिक सम्पन्दा, हावापानी अत्यन्त सुन्दर रहेको र अघिल्ला प्रमुख जिल्ला अधिकारीहरुबाट जिल्लाको प्रशंसा सुने अनुसार काम गर्न सजिलो हुने आफूले ठानेको आफूले गर्ने काममा कुनै पनि पक्षपात वा दुरासय नरहने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया