बन्गाड कुपिण्डेमा विद्यालय कर्मचारी परिषद गठन

बन्गाड कुपिण्डेमा विद्यालय कर्मचारी परिषद गठन

दुर्गा वि.सी.
बन्गाड कुुपिण्डे नगरपालीकामा आज विद्यालय कर्मचारी परिषद गठन गरिएको छ । बन्गाड कुपिण्डे नगरपालीकामा प्रावि,निमावि र मावि गरि ७० विद्यालयका ५० भन्दा वढिको सहभागि भेलाले कमल कड्काको अध्यक्षतामा १५ सदस्यी विद्यालय कर्मचारी परिषद गठन गरिएको छ । साथै उपाध्यक्षमा कल्पना शाह,सचिवमा अकबर पुन स सचिवमा गोरख पुन र कोषाध्यक्षमा भोला आचार्य रहेको जनाएको छ । भेला समापन पछि नव गठित विद्यालय नगरपदाधिकारको टोलीले बन्गाड कपिण्डे नगरपालीकामा ८ वुदे ज्ञापन पत्र पेश गरेको छ ।
माग पत्र ः
१. नगरपालिका शिक्षासँग सम्बन्धित बजेट विनियोजन गर्दा विद्यालय कर्मचारीहरुको उचित पारिश्रमिक सम्बोधन गरिनुपर्ने ।
२. अन्य शिक्षक तथा कर्मचारीहरुलाई दिईने महँगी भत्ता र पोशाक भत्ता यसै चौमासिकबाट विद्यालय कर्मचारीहरुलाई पनि उपलब्ध गराउनुपर्ने ।
३. कुनै सामुदायिक विद्यालयहरु गाभिने वा मर्ज हुने अवस्था आएमा त्यस्ता विद्यालयमा कार्यरत कर्मचारीहरुको गाभिने विद्यालयमा दरबन्दी कायम गरिनुपर्ने ।
४. सम्पूर्ण विद्यालय कर्मचारीहरुको काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट उल्लेख गरी नगरपालिकाका सम्पूर्ण विद्यालयहरुलाई परिपत्र गरिनुपर्ने ।
५. विद्यालय कर्मचारीहरुको कार्य कुशलताको पृष्ठपोषणका रुपमा क्षमता अभिवृद्धि कार्यक्रम ल्याउनुपर्ने ।
६. जिल्ला शिक्षा समिति, नगर शिक्षा समिति, गाउँ शिक्षा समिति लगायत अन्य शिक्षा समितिहरुमा विद्यालय कर्मचारीहरुको तर्फबाट सदस्य राखिनुपर्ने ।
७. विद्यालय कर्मचारीहरुको तलब भत्ता एकमुष्ठ अनुदान नभई विद्यालय शिक्षकहरुको तलब निकाशा अनुसार निकाशा गरिनुपर्ने ।
८. विगतदेखि न्यून पारिश्रमिकमा कार्यरत शिशु (सहयोगी कार्यकर्ता) हरुलाई महँगी भत्ता र पोशाक भत्ता तथा राहत शिक्षक, करार शिक्षक र अस्थायी शिक्षकहरुलाई पनि नगरपालिकाले पोशाक भत्ता उपलब्ध गराउनुपर्ने ।

 

प्रतिक्रिया