वालकलाई अभिभावकको जिम्मा

वालकलाई अभिभावकको जिम्मा

दैलेख भदौ २१, दैलेखको राकमकर्णाली बाट उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगत महिला र वालवालिका केन्द्रमा राखिएका वालकलाई अभिभावकको जिम्मा लगाइएको छ । कालिकोटको कालिका गाउँपालिका वडा नं.८ का ११ वर्षीया सर्वराज शाही आठवीस नगरपालिकाको राकमकर्णालीमा अलपत्र भेटिएका थिए ।

वालकलाई प्रहरीको सहयोगमा उद्धार गरि सामाजिक सेवा केन्द्र (सोसेक) अन्तरगत महिला र वालवालिका केन्द्रमा राखिएको थियो । उद्धार गरि ल्याइएका वालकको ४ दिन पछि बुधवार एक कार्यक्रम गरि उनका वुवा जनक शाहीलाई जिम्मा लगाइएको हो । अलपत्र अवस्थामा भेटिएका बालक कक्षा ७ मा अध्ययन गरिरहेको बताइएको छ । बालक हस्तान्तरण कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले वालवालिका तथा महिलाहरुलाई आपतकालिन अवस्थामा उद्धार गरि सहयोग गरेकोमा सोसेकलाई धन्यवाद दिए । सोसेकले वालवालिका तथा महिलाहरुको क्षेत्रमा उदाहरणिय काम गरेको उनले बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पंथी, प्रहरी नायव उपरिक्ष्का सरोज पौडेल लगाएत वालवालिकाको विषयमा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया