मानवअधिकारको प्रत्याभूती राज्यको दायित्व –वीसी

मानवअधिकारको प्रत्याभूती राज्यको दायित्व –वीसी

दैलेख – डुंगेश्वर गाउँपालिका ६ नं. वडाका वडाध्यक्ष बमबहादुर बीसीले नागरिकको मानवअधिकार प्रत्याभूती राज्यको दायित्व हुने बताएका छन् । इन्सेकको इएलपी परियोजनाको परिचय तथा मानवअधिकार निगरानी समूह गठन कार्यक्रममा शुक्रवार उनले सो धारणा राखेका हुन् ।
वडाध्यक्ष बीसीले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा इन्सेकले खेलेको भूमिकाको प्रसंशा गर्दै डुंगेश्वर गाउँपालिका ६ नं. वडामा सुरु भएको इएलपी कार्यक्रम प्रभावकारी सञ्चालनमा वडा कार्यालयले समन्वयात्म सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यस बखत पिपला शाही बुढाथोकीको संयोजकत्वमा ११ सदस्यीय मानवअधिकार निगरानी समूह निर्बिरोध गठन गरिएको छ । वडा क्षेत्रमा मानवअधिकारको प्रवद्र्धनका काम गर्न गठित समूहको सदस्यमा नन्दा न्यौपाने, अमृता भण्डारी, जनिता बिक, दुर्गाकुमारी अर्याल, पवित्रा थापा, पशुपति राना, जैसरा राना, निशा कार्की, तारा बुढा र हीरा बिक छनौट भएका छन् ।
इएलपी कार्यक्रमले गर्ने क्रियाकलाप र बजेट बारे जानकारी गराइएको सो कार्यक्रममा इन्सेकले गर्दै आएको मानवअधिकार संरक्षण क्रियाकलाप र नेपाल मानवअधिकार वर्ष पुस्तक लगायतका प्रकाशन तथा त्यसको प्रभाव बारे इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया