सुर्य कुँबरको अध्यक्षतामा होटल मजदुरको संस्था नेस्वहोमयूको नेतृत्व सर्वसम्मत

सुर्य कुँबरको अध्यक्षतामा होटल मजदुरको संस्था नेस्वहोमयूको नेतृत्व सर्वसम्मत

काठमाडौ । पर्यटन क्षेत्रका मजदुरहरुको महत्वपूर्ण संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनले सुर्यबहादुर कुँबरको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन भएका छन् ।

यस्तै महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र मनमोहन गायक, सचिवहरुमा कमल घिमिरे,तिर्थ सुवेदी,रञ्जु थापा, श्रृजना उप्रेती चयन भएका छन् । अधिबेशनले सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ,रामप्रसाद दुवाडी,इश्वरी घिमिरे,लुमणीबहादुर ढुंगाना,शैल शर्मा,तेजराज तिवारी,दानबहादुर धिमाल,नेत्रलाल श्रेष्ठ,केशवराज सापकोटा,रञ्जिता धिताल,बद्री भण्डारी, सागरमणि थापा, हेमबहादुर पण्डित,ललिता केसी, मनिका गुरुङ चयन भएका छन् ।

अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा इन्दिरा लामा र सल्लाहकार कमिटि प्रमुखमा उदयचन्द्र अर्याललाई चयन गरेको छ ।

नवनिर्वाचित भए लगत्तै अध्यक्ष कुँबरले बिद्यमान होटल, क्यासिनो, रेष्टुरेन्ट लगायत क्षेत्रमा मजदुरहरुले भोग्दै आएको समस्या समाधान गराउन आफु लागिपर्ने बताए । व्यवस्थापन पक्षसँग वार्तामा बसेर समस्याको समाधान गर्न आफू संधै तयार रहेको भन्दै यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया