बकु नपाका कर्मचारीको ५० प्रतिशत प्रोत्साहन भत्ता वृद्धिको चर्को विरोध

बकु नपाका कर्मचारीको ५० प्रतिशत प्रोत्साहन भत्ता वृद्धिको चर्को विरोध

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकाले स्थानीय कर्मचारीको ५० प्रतिशत भत्ता वृद्धि गरेपछि अन्य शिक्षक कर्मचारी आन्दोलित वनेका छन् । बन्गाड कुपिण्डे नगरपालीकाको भाद्र १८ गते वसेको वैठकले नगर कर्माचारी र वडा स्तरमा काम गर्ने कार्यलय सहयोगी,कार्यालय सहयाक र वडा सचिवको ५० प्रतिशत मासिक भत्ता वृद्धि गरिएको छ । यो निर्णयले बन्गाड कुपिण्डे नगरपालीका भित्रका विद्यालयका शिक्षक,विद्यालय कर्माचारी परिषद,हुलाक,स्वास्थ्य,कृर्षि,पशु लगाएतका सरकारी कार्यालयमा काम गर्ने कर्मचारी भने मर्कामा परेको जनाएको छ । स्थानीय स्तरमा भत्ता वृद्धिले सामान्य स्थानीय निकायमा काम गर्ने कार्यालय सहयोग र विद्यालयको प्रधानाध्यापक र अन्य कार्यालय प्रमुखको पारीश्रमिक बराबर हुन गएको छ ।
एकिकृत नेपाल शिक्षक संघका नगर संयोजक गणेश चन्दका अनुसार राज्यले जहिले सुकै शिक्षक माथि भेदभावपुर्ण व्यवहार गरेको छ । त्यसैले अब हामी चेतनशिल वर्गहरु यो दमनको घेरा तोड्नका लागि आन्दोल गर्न सवै जुटुनु वेला भएको उहाँले वताउनु भयो । ३ वटै शिक्षक संगठनको वैठक वसेर आन्दोन गर्ने निर्णय भएको जनाएको छ । साथै विरोधको प्रथम रुप भने प्रेस विज्ञप्ती प्रकासन गरिएको चन्दले वताउनु भयो । यस्तो विपन्न नगरपालीकामा एक पक्षिय कर्मचारीलाई मात्रै सेवा सुविधा थपेको,नागरिकको हरेक खाले सेवा सुविधा प्रति यो नगरपालीका गैर जिम्मेवार वनेको,सवै पक्षियबाट पछि परेको यो नगरपालीकाको जति सक्दो चाँडो समुन्नत विकास गरि नागरीकलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम ल्याउनु साटो यो नगर झनै कर्मचारी मुखि सेवा सुविधा प्रति लागेकोले क्रियाशिल राजनैतिक दलहरुले पनि विरोध जनाएका छन् ।
बन्गाड कुपिण्डे नगरपालीकामा ५० प्रतिशत कर्मचारीको भत्ता वृद्धिले जनप्रतिनिधी माथिको आश गुमेको जनाएको छ भने यस्को सवत्र विरोधका स्वर समेत वाहिर आउन थालेका छन् । सवै नागरिकको एउटै दुखेसो छ बन्गाड कुपिण्डे नगरका हरेक क्षेत्रमा खानेपानी,वाटाघाटा,पुल पुलेसा,विद्युतीकरण,विद्यालय,स्वास्थ्य चौकि लगाएत हरेक असुविधाको प्रचुर खडेरी भएको यो नगरमा वजेट भरी स्थानीय निकायका कर्मचारीको तलव भत्तामा खर्चिने हो भने यहाँका नागरिकले कहिले सुविधा पाउने हुन् ।
शिक्षक संगठनहरुको प्रेस विज्ञप्तीमा उल्लेख भएको छ कि भाद्र १८ गते वसेको नगरको वैठकको निर्णय नं. १० मा स्थानीय निकायका कर्मचारीको ५० प्रतिशत भत्ता वृद्धिको निर्णय गरिएको उल्लेख छ । भत्ता वृद्धिलाई बन्गाड कुपिण्डे नगरपालीकाले भने यो कुरा स्वीकारी सकेको छ । कर्मचारी अभाव र यो नगरमा भत्ता वृद्धिले कर्मचारी अन्य ठाउँबाट सरुवा भई आउने प्रलोभन हुने देखिएकोले यो निर्णय गरिएको नगरपालीकाले जनाएको छ । तर अर्को तर्फ नगरपालीकाका कर्मचारी र जनप्रतिनिधिहरु सर सर्ति यो नगरको वोर्डले प्रोत्साहन भत्ता वृद्धि गरेको हो भनेर स्वीकारर्न सकिरहेको छैन् । बन्गाड नगरपालीका भित्र जे जति वेतिथी,राम्रा निर्णय तथा नराम्रा निर्णय हुने गरेका सवै क्रियाकलापहरुको सुचना दिन नमान्दा नागरिक भित्र के हुन्छ वाहिर कसैलाई थाहै हुदैन । जस्ले गर्दा यतिवेला बन्गाड कुपिण्डे नगरवासिहरु भने नगरपालीकामा कर्मचारी र जनप्रतिनिधिको मनपरि भयो भनेर वुझन थालि सकेका छन् ।

प्रतिक्रिया