सुरक्षा नागरिकको पनि सहयोग आवश्यक ः प्रमुख थापा

सुरक्षा नागरिकको पनि सहयोग आवश्यक ः प्रमुख थापा

दैलेख– जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिकहरुको पनि सहयोगी भूमिकाम आवश्यक हुने बताउनु भएको छ । ‘प्रहरी हाम्रो टोलमा’ अभियानको आरम्भ गर्दै शुक्रवार दैलेख भएको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।


प्रमुख थापाले नागरिकहरुको सहयोग लिन प्रहरी प्रशासनको भूमिका पनि सक्रियता र तत्परता जनाउन सुझाव दिनुभयो । त्यस बखत नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले दैलेखमा प्रहरी र नागरिकको आपसी सहयोग तथा सहकार्य राम्रो रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक सरोज पौडेलले यसका मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी जस्ता अभियानपछि गाउँटोलको सुरक्षालाई प्रभावकारी बनाउन समुदायको सहयोग बढाउन सुरक्षा ब्लकको अवधारणा अनुसार नयाँ अभियान सुरु भएको जानकारी दिनुभयो ।
त्यसबखत प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले नेपाल प्रहरीको अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीको संयोजनमा देशभर एकै दिन शुक्रवार ‘प्रहरी हाम्रो टोलमा’ को घोषणा गरिएको बताउनुभयो ।

प्रतिक्रिया