१५ औं सहिद पुर्ण स्मृति दिवश सम्पन्न

१५ औं सहिद पुर्ण स्मृति दिवश सम्पन्न

दैलेख, आज दुल्लूको वालेश्वरमा रहेको सहिद पुर्ण स्मृति पार्कमा १५ औं सहिद पुर्ण वहादुर भण्डारी स्मृति दिवश सम्पन्न भएकोछ । सहिद पुर्ण स्मृति प्रतिस्थानका अध्यक्ष रत्न वहादुर शाहीको अध्यक्षमा भएको कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान सहित १५ औं सहिद पुर्ण वहादुर भण्डारी स्मृति दिवश सम्पन्न भएको हो । सहित पुर्ण स्मृति पार्क वालेश्वरमा रहेको उनको सालिकमा माल्यार्पण पछि सभा सम्पन्न भएको थियो ।


सभामा विभिन्न पाटीका प्रतिनिधी सहित नेपाली काग्रैसका शुभ चिन्तकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै विभिन्न वत्ताहरुले विजया दशमीको शुभकामना दिदै सहिद पुर्ण वहादुर भण्डारीको योगदानको चर्चा गरेको थिए । माओवादी जनयुद्ध चलिरहेको वेला दुल्लू क्षेत्रका खम्वाकोरुपमा चिनिएका तत्कालिक नेपाली काग्रेस क्षेत्रिय समितिका सभापति समेत रहेका पुर्ण वहादुर भण्डारीलाई मिति २०५९ आश्विन १२ गते विद्र्धोही माओवादीले घाटी रेटि हत्या गरेका थिए ।

प्रतिक्रिया