गौचनको हत्याराको खोजी तिब्र, शंकाको घेरामा रमेश बाहुन समूह

गौचनको हत्याराको खोजी तिब्र, शंकाको घेरामा रमेश बाहुन समूह

भर्खरै गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्नेको तिब्र खोजीमा जुटेको प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको रमेश बाहुन समूहको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताएका छन्।

यस अघि लेनदेनको विषयमा केही दिन अघि सो समूहले गौचन माथि हातपात गरेका थिए ।

प्रतिक्रिया