कर्णालीको पानी खान्छन् बालबालिका

कर्णालीको पानी खान्छन् बालबालिका

दैलेख, आठविस नगरपालिका वडा नं ४ स्थित राकमकर्णालीको जनज्योती माध्यामिक विद्यालयका बालबालिका अहिले पनि कर्णालीको पानी खान बाध्य छन् । खानेपानी योजना विगतमा सञ्चालन गरिए पनि दिर्घकालिन हुन नसक्दा कर्णालीको पानी खान बाध्य भएका हुन ।
उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । ४ सय ७८ छात्रा र ३७५ छात्र रहेको विद्यालयमा खानेपानीको समस्या टर्न सकेको छैन् । यस अघिपनि योजना निर्माण नभएका होइनन् । मुहानमा बाह्ै्र महिना पानी नहुने भएको हुदाँ योजना दिर्घकालिन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण माझीले बताए । उनले भने, वर्षामा पानीको श्रोत मुहानमा बढ्ने भएकाले विद्यालयमा पर्याप्त हुन्छ । तर, सुख्खायाममा पानीको श्रोत घट्ने समस्या भएकाले विद्यालयको लागि पानीको अभाव भएको हो । विद्यालयका अन्य सबै संरचनाहरु निर्माण भएका छन् । विद्यार्थी संख्याको आधारमा कक्षा कोठा पर्याप्त छन् । छात्र छात्राको अलग अलग शौचालय छ । दिर्घकालिन खानेपानीको समस्याले मात्रै बालबालिकाले कर्णालीको पानी खानुपरेको हो । विद्यालय व्यवस्थापन समितिले खानेपानी समस्याको समाधानका लागि पहल गरिरहेको उनको भनाई थियो ।
त्यसैगरी आठ्बिस नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रण बहादुर माझीले खानेपानीको मुहान टाढा भएकाकारण विद्यालयलाई पानीको असुविधा भएको बताए । उनले थपे, वडा नं ४ लाई बालमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता गरिएको छ । बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि विद्यालयमा सुद्ध खानेपानी, विद्यार्थी संख्याको आधारमा कक्षा कोठा र डेस्क बेन्च, छात्र छात्रालाई अलग अलग शौचालय र साबुन पानीले हात धुने व्यवस्था आवश्यक पर्दछ । अन्य सबै सूचक पुरा गरिसकेको र खानेपानीको अभाव भएको हुदाँ त्यसको समाधानका लागि स्थानीय तहमा कार्यरत सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक)लाई आग्रह गरेका छौं । घोषणा गर्नु अगाडी विद्यालयमा खानेपानीको सुविधा हुने माझीको भनाई थियो । उनले थपे, सकिन्छ मुहानबाटै पानी ल्याउछौं । सकिदैन् विद्यालयमा ठुला ड्रम राखी फिल्टर गरेर विद्यार्थीलाई सुद्ध पानीको व्यवस्था गर्नेछौं ।

प्रतिक्रिया