इप्रका इन्चार्ज चन्द्र कठायत माथि हातपात प्रयास

इप्रका इन्चार्ज चन्द्र कठायत माथि हातपात प्रयास

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीका वडा १ देवस्थलमा इलाका प्रहरी कार्यलय सल्लीवजारका इन्चार्ज चन्द्र कठायतलाई स्थानीय लिल वहादुर पुनले हातपात गरेका छन् । राती ८ वजेको समयमा मदिरा सवेन गरि पुनले स्थानीय थापलीवजारमा होहल्ला मचाईरहेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरी टोली सो स्थानमा पुग्न साथ प्रहरी माथि नै पुन आक्रमण गर्न खोजेका थिए ।

ईन्चार्ज चन्द्र कठायतमा हातपात गरेर फरार भएका पुनलाई १ घण्टामा इलाका प्रहरीको टोलीले पक्राउ गरेको थियो । प्रहरी माथि आई लाग्ने पुनलाई नियन्त्रण लिई आज नै जिल्ला चलान गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ । केहि दिन अगाडि देवस्थलमै एक युवाहरुको समुहले वादेपिपल इप्रका सिम्ता सुर्खेतमा कार्यरत प्रहरी हवल्दार तारा डाँगि माथि आक्रमण प्रयास भएको थियो । उक्त समुह पनि मदिरा सेवन गरि प्रहरी डाँगि माथि जाईलाग्न खोजेपछि सल्ली इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलिले नियन्त्रणमा लिन खोज्दा उनिहरु हत्तकडि सहित उम्केर भाग्न सफल भएका थिए ।

राजनैतिक संरक्षणका कारण उक्त घटनाका दोषि माथि प्रहरीले छानविन र कार्वाहि गर्न नसकेको वताएको छ । समाजमा उच्चशृखंल काम गनर्,े भाँड भैलो मचाउने क्रियाकलापका दोषिहरुलाई यहाँका राजनैतिक दलहरुले नै संरक्षण गर्न खोज्दा प्रहरीले एकलै केहि गर्न सकिरहेको छैन् । बन्गाड कुपिण्डेमा दिन प्रतिदिन व्यथीतीका घटनाहरु वढिरहेका छन् । भएन भनेर शान्ती सुरक्षा गर्ने प्रहरी माथि नै आक्रमण हुन थालेको छ ।

प्रतिक्रिया