प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरुलाई भ्रष्टाचार नियन्त्रण अभिमुखीकरण

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरुलाई भ्रष्टाचार नियन्त्रण अभिमुखीकरण

दैलेख, कात्तिक १३ – जिल्ला समन्वय समिति दैलेखको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले दैलेख सदरमुकाममा आज जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी अभिमुखीकरण गरेको छ ।


जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले स्थानीय तहमा हुने सबै विकास कार्यक्रमहरु पारदर्शी, भ्रष्टाचार मुक्त र दिगो बनाउन भ्रष्टाचार मुक्त कसरी बनाउन सकिन्छ भने अभिमुखीकरण गर्न जिल्ला समन्वय समितिले नै पहल गरे अभिमुखीकरण कार्यक्रम गरेको जानकारी दिनुभयो ।
त्यस बखत प्रमुख थापाले विगतमा उपभोक्ता समितिका नाममा बेथिति र चरम लापरवाही हुने गरेको अवस्थामा अव उप्रान्त त्यस्ता अनियमितता रोक्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु सचेत हुन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले सरकारले भ्रष्टाचार नियन्त्रणकै लागि सार्वजनिक सुनुवाई, गुनासो सुन्ने संयन्त्रण, नागरिक वडापत्र राख्ने लगायतका काम सुरुवात गरेको बताउनुभयो ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्न वहादुर खड्का, डुंगे्रश्वर गाउँपालिका उपाध्यक्ष सीता ज्ञवालीका अलवा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहभागीहरु समेत सुझाव दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्तले मुद्दा प्रक्रिया छिटो छरितो र परिणाममुखी बनाउन तथ्यपरक मुद्दाहरुलाई गम्भीरताका साथ आवश्यकता अनुसार मुद्दा चलाएर कारवाही गराउने गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया