झुक्किएर विषादी खाँदा बालकको मृत्यू !

झुक्किएर विषादी खाँदा बालकको मृत्यू !

अमर सुनार
दैलेख, कात्तिक १५ – दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. ५ डाँपराजुलमा एक बालकले झुक्किए विष खाँदा मृत्यू भएको छ । मृत्यू हुनेमा १२ वर्षीय भीमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।
घरमा कोही नभएको बेला विहान ८ बजेतिरको ओछ्याउनबाट ब्युझे लगतै मकैको बीऊ राखेको डालोमा भेटाएको ‘साइडफस्फोरकस’ नामक विषादीको गोलीहरु खाएको धेरैपछि परिवारका सदस्यहरुले थाहा पाएपछि उपचारको प्रयास गर्दागर्दै उनको मृत्यू भएको हो ।
बेहोस अवस्थामा फेला पारेपछि स्वास्थ्य चौकीमा पु¥याइएका ती बालकलाई ‘सिप्रोफ्लोथिन’ नामकको औषधि खुवाउदै गर्दा वान्ता गरेका र थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पु¥याइए लगतै ज्यान गएको डाँडापराजुल स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेव रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
मृत्यू भएका ती बालक श्यामबहादुर बोहोरा र सरिता बोहोराको कान्छो छोरा हुन् । उनी पिपलचौतारा मावि डाँडापराजुलमा ७ कक्षामा अध्ययन गर्दथे । उनी अलि बढी चञ्चले भएकोले मकैको बीऊ राखेको डालोभित्र गहिरो गरी राखेको थिएँ, कसरी पो खाएछ ? ‘बीऊ जोगाउन ल्याएको विषादीले छोराको ज्यान गयो’ आमा सरिताले भन्नुभयो ।

प्रतिक्रिया