राष्ट्रिय जनमोर्चा दैलेखको भैरवी गाउँपालिकाको डाँडीमाडीमा चुनावी सभा सम्पन्न

राष्ट्रिय जनमोर्चा दैलेखको भैरवी गाउँपालिकाको डाँडीमाडीमा चुनावी सभा सम्पन्न

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, समृद्ध नेपालको निर्माण गरौं, राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा दैलेखले भैरवी गाउँपालिकाको डाँडीमाडीमा बजारमा चुनावी सभा सम्पन्न गरको छ । राष्ट्रिय जनमोर्चा चुनाव परिचालन मुल समिति दैलेखका संयोजक तथा राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष कविराज खत्रीको प्रमुख अतिथिमा चुनावी सभा सम्पन्न भएको थियो ।

चुनावी सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै खत्रीले देशमा अहिलेको आवश्यकता भनेको राष्ट्रियताको रक्षा गरी नागरिकरुको हक अधिकार स्थापना गर्नु हो । हाम्रो राष्ट्रियता दिनप्रतिदिन कमजोर हुदै गएकाले त्यसको रक्षाको लागि देशमा एकमात्र पार्टी राष्ट्रिय जनमोर्चा भएको बताउँदै संसदीय शासन प्रणालीद्वारा जनताका आधारभूत आवश्यकताहरू पूरा हुन सम्भव छैन त्यसका लागि देशमा नयाँ जनवादी व्यवस्थाको स्थापना हुन आवश्यक छ ।

राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै देशले संघीयता धान्न नसक्ने भन्दै संघीयताले देशमा जातीय र क्षेत्रीय विद्रोह गराउँदछ । संघीयताको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्न गर्नको लागि राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा सवै मतदाताहरुले मतदान गर्न आग्रह गर्नु भएको थियो । चुनावी सभामा दैलेखको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार भिमबहादुर विष्टले दैलेख जिल्लालाई समृद्ध बनाउनको लागि आफु उम्मेदवार भएको बताउनु भएको थियो । जिल्लामा रहेका प्राकृतिक स्रोत साधनलाई प्रयोगमा ल्याई जिल्लावासीहरुलाई रोजगारीको सिर्जजना गर्न आफु सधै लाग्ने बताउनु भएको थियो । एक फरक प्रसंगमा विष्टले माथिल्लो कर्णाली जलविद्युत परियोजना स्वदेशी लगानीबाट निर्माण गर्नु पर्दछ । सो परियोजनाबाट छिमेकी जिल्ला भन्दा दैलेख जिल्लाका स्थानीयवासीहरु धेरै प्रभावित हुने भएकोले यहाँका स्थानीयवासीलाई धेरै सेवा सुविधा पाउनु पर्ने बताएको भएको छ । सभामा राष्ट्रिय जनमोर्चा दैलेखका सचिव तथा निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेशसभाका उम्मेदवार सुरत रावत, प्रदेशसभाको लागि क्षेत्र नम्बर २ (क) का उम्मेदवार लोकपाल थापा, अखिल नेपाल मुल प्रवाह भारत एकता समाजका प्रतिनिधि जगत विष्ट लगाएतले बोल्नु भएको थियो । चुनावी सभाको संचालन राष्ट्रिय जनमोर्चा भौरवी गाउँपालिका दैलेखका सदस्य तुलाराम विष्टले गर्नु भएको थियो भने समापतित्व राष्ट्रिय जनमोर्चा भैरवी गाउँपालिका दैलेखका सह–संयोजक भरत थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया