माइक्रो दुर्घटनाको अपडेट, तीन जनाको मृत्यू, १० सख्त घाइते

दैलेख, कात्तिक २५ – सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालक र सहचालक सहित १० जना सख्त घाइते भएका छन् ।
हिजो राति भएको सो दुर्घटनास्थलमा मृत्यू हुनेमा बीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षीय पारस तिवारी भएको प्रहरीले जनाएको छ । गाडीले च्यापेको कारण राति अवेर मात्र गाडी उठाइसकेपछि मृतकको पहिचान खुलेको हो ।
उपचार गराइरहेका घाइते मध्ये २ जनाको मृत्यू भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोजले जानकारी दिनुभयो । उहाँका अनुसार नौमूले गाउँपालिका-५ का ५६ वर्षीय रत्नबहादुर सिजाली र ५४ वर्षकी जसी रानाको मृत्यू भएको हो ।
सख्त घाइतेहरुको सुर्खेतको देउती नर्सिङ्ग होम र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । सो गाडीमा सवार सामान्य घाइते ८ जनालाई स्थानीय डुंगेश्वरको निजी मेडिकलमा प्राथमिक उपचार गरिएको थियो ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा उक्त दुर्घटना भएको थियो । सोही ठाउँमा १७ दिन अघि माइक्रोबस दुर्घटना भएको थियो ।
प्रतिक्रिया