मितेरी कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

मितेरी कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सहबान अन्सारी

नवलपरासीको गुठी सुर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतापुर गाऊँपालिका वडा नं.७ गुठी सुर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रतापुर गाउपालीका प्रमुख राज कुमार शर्मा प्रमुख अथित्यता रहेको थियो! कार्यक्रमा सोही गाऊँपालिका वडा नं. ८ का वडाअध्यक्ष कादिर अली अन्सारी, वाडा न.५ का वडा अध्यक्ष त्रिभुवन सिंह ,गण्डक संघर्ष समितिका सचिव दुधनाथ गुप्ता, संस्था का कार्वाहक सचिव प्रकाश पण्डित ,रामजी सिंह ,खेम नारायण चौधरी,राजेन्द्र प्रकाश चौधरी , लगायतहरुले शुभकामना मन्तब्यब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा ०७३/०७४ सालको कुल आय ब्यय १ करोड २३ लाख ८३ हजार ६७१ रुपयाँ प्रस्तुत गरिएको थियो ।सो सहकारी संस्थाको कुल शेयर सदस्य ४६४ रहेको संस्थाको व्यवस्थापक कृण्णमोहन गुप्ताले जानकारी दिनु भयो ।

प्रतिक्रिया