साना विकास कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा

साना विकास कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा

जिवन अाचार्य

सुर्खेत,२५ कात्तिक, साना विकास कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संस्थाका उपाध्यक्ष मानबहादुर चौधारीले आर्थिक वर्ष २०७३÷०७४ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमको बारेमा जानकारी दिए । चालु आर्थिक वर्षमा आधुनिक कृषि प्रणालीद्धारा खेती संचालन गरिने उपाध्यक्ष चौधारीले प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामुहिक तरकारी खेती गर्ने संस्थाका शेयर सदस्यहरुलाई १० हजार बराबरको तरकारीको विउ, मल उपलब्ध गराउने बताईएको छ ।
यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष सीता पौडेले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षका लागि बजेट पेश गरेकी छिन । आर्थिक वर्ष २०७३÷०७४ मा संस्थाले कुल २५ करोड ८३ लाख ५३ हजार १५४ रुपियाँको कारोबार गरेको छ । संस्था चालु आर्थिक वर्ष २०७४÷०७५ मा कुल कारोबार २८ करोड ९० लाख ८७ हजार ४२४ लक्ष्य राखेको छ ।
सभामा संस्थाको आर्थिक वर्ष २०७३÷०७४ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समितिका संयोजक मिलन श्रेष्ठले गरेका थिए । कृषि सहकारी भएतापनि अधिकांश ऋण व्यापारमा देखिएकाले आगामी दिनमा कृषि क्षेत्रमा बढी लगानी गर्न सुझाव दिए ।
संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहाल, बिशेष अतिथि वडा नं.९का वडा अध्यक्ष सुरेश मानन्धर, शिबबिहार बचत तथा ऋण सहकारीका सचिव शुभाष श्रेष्ठ,उपकार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु बिक्रम जि.सी, बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकाय लगाएतको उपस्थिति रहेको थियो ।
चुनावी साधारण सभामा पुनः नेरेन्द्रनाथ योगीको अध्यक्ष ११ सदस्यि संचालक समिती चयन गरेको छ जसको उपाध्यक्षमा मानबहादुर चौधरी, कोषाध्यक्षमा शान्ति सिंह, सदस्यहरुमाः मानकुमारी चौधरी, यज्ञकुमारी रावत, सुजा रोकाय, पार्वती श्रेष्ठ, जैकला रोकाय, भविसरा थापा, शान्ति चौधरी, मानकुमारी चौधरी र रुम्मेणी रावत रहेका छन् भने सभाले आजै लेखा सुपरिवेक्षण समिती चयन गरेको छ जसको संयोजकमा मिलन श्रेष्ठ, सदस्यहरुमा सावित्रा ढुड.गाना र दिपेन्द्र कार्की रहेका छन् संस्थाका प्रबन्धिक माया श्रेष्ठले सहजिकरण गरेको सभामा सदस्य रुक्मणी रावतले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन्।

प्रतिक्रिया