काँग्रेसलाई मत माग्दै नयाँशक्तिका उम्मेदवार

काँग्रेसलाई मत माग्दै नयाँशक्तिका उम्मेदवार

खेमराज थापा
दैलेख । क्षेत्र नम्बर १ ख का नयाँशक्तिका उम्मेदवार चन्द्रबहादुर बुढाले आफ्नो उम्मेदवाी फिर्ता लिएर काँग्रेसका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय नीतिअनुसार जिल्लामा काँग्रेसका उम्मेदवार तथा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने बताएका हुन् । लोकतान्त्रिक गठबन्धको बुधबार नौमुले गाउँपालिकाको तोलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार बुढाले लोकतान्त्रिक गठबन्धनलाई जिताउन नयाँशक्तिका नेता तथा कार्यकर्तासँग आग्रह पनि गरे । उनले देशलाई लोकतान्त्रिक गठबन्धनको आवश्यकता भएको भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातासँग आग्रह गरे ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु महाबु गाउँपालिकामा चुनावी कार्यक्रम सकेर बुधबार नौमुले प्रवेश गरेका छन् । गठबन्धनका प्रतिनिधिसधा क्षेत्र नम्बर १ का उम्मेदवार राप्रपा केन्द्रीय सदस्य दिपककुमार शाही र क्षेत्र नम्बर १ को ख का प्रदेशसभा उम्मेदवार काँग्रेस नेता जगतजंग थापा बुधबार नौमुले गाउँपालिकाको तोलीमा चुनावी कार्यक्रम गरी नौमुले प्रवेश गरेका हुन् । जिल्लास्थित काँग्रेस र राप्रपाका नेतासहितको टोली मत माग्दै नौमुले पुगेको हो ।
बुधबार तोलीमा आयोजित कार्यक्रममा नयाँशक्तिका उम्मेदवारले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धन हौसिएको छ । चुनावीसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार दिपकुमार शाहीले लोकतान्त्रिक गठबन्धनको जित निश्चित रहेको बताए । उनले नयाँशक्तिको सहयोगले गठबन्धनलाई थप उत्साह दिएको भन्दै दैलेखी जनताले लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिने विश्वास व्यक्त गरे । उनले गफ गर्ने भन्दा पनि आफू काममा विश्वास गर्ने भन्दै आफूले जिते जिल्लालाई समृद्ध बनाउने प्रतिवद्धतासमेत गरे । उनले नेपालमा कम्युनिस्टले झुठको खेती गरेको भन्दै झुठको खेति गर्नेलाई आगामी निर्वाचनमा जनताले सजाय दिने बताए । उनले जिल्लाममा एमालेकै नेतृत्वमा जिल्ला समन्वय समिति, निवर्तमान सांसद रहेको उल्लेख गर्दै ४ वर्षसम्म सिन्को नभाच्नेहरु चुनावको मुखमा यो दिन्छु, त्यो दिन्छु भन्दै हिडेको बताए । उनले आफूले गरेका प्रतिवद्धता पूरा गर्न कटिवद्ध रहेको बताए ।
कार्यक्रममा प्रदेश ख का उम्मेदवार जगजतजंग थापाले दैलेखलाई समृद्ध बनाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताए । उनले पर्यटन विकास र दैलेखमा प्रदेशको राजधानी बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताए । उनले नौमुले क्षेत्र माओवादी द्धन्द्धकाृृे चपेटामा परेका कारण विकास हुन नसकेको भन्दै फेरी पनि ती शक्तिहरु सत्तामा आए नौमुलेको विकास नहुने ठोकुवा गरे । उनले काँग्रेसले ल्याएको शान्तिका कारण तंग्रिएको नौमलेलाई विकास गर्न काँग्रेसले जित्नुपर्ने बताए ।

प्रतिक्रिया