शाह घरमै पुगेर मतदाता रिझाउदै

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     ::: 248 पटक पढिएको   |  

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकामा प्रदेशसभा सल्यान क्षेत्र नं. १ उम्मेदवार गुलावजंग शाह सल्लीवजारमा घरै पिच्छे भोट माग्दै गर्दा भोट माग्ने शैलीमा परिवर्तन भएकोमा अधिकांस खुसि देखिन्छन् । वजारमा सभा आम सभा,भेला,गोष्टी र एकले अर्काको आलोचना,गाली गलौज गरेर प्रचार गर्नु भन्दा यसरी मत माग्दा केहि स्थानीय भने अच्चम मानेका थिए । भोट माग्ने शैलीमा परिवर्तन भएकोमा धेरैले अनौठो मानेका छन् । विहान ७ वजेको थियो उम्मेदवार शाह २० घरजतिमा भलाकुसारी गर्दा नागरिकका समस्या सुन्दै वुझ्दै र आफुले चुनाव जिते पछि सक्दो काम गर्ने आशा देखाउँदै सवैसँग भोटदिन आग्रह गरेका छन् । बाम गठबन्धनलाई भोट दिएर एकपट हेर्न पनि उनले मतादातालाई आग्रह गरे । ७० सालको संविधान सभा चुनावमा झिनो मतले पराजित शाह अव संविधान निमार्ण भई सकेकोले कार्यन्वयनको चरणमा समेत पुगेकोले यो विकासको गतिमा पछि परेको मुलुकको लागि सेवा गर्ने अवसर प्रदान गर्न बन्गाडी जनतालाई आह्वान गरेका छन् । बाटोघाटो,पुलपुलेसा,शिक्षा, स्वास्थ्य,विधुतिकरण र हरेक खाले समस्याले जगडियाकोे यो क्षेत्रलाई आप्mनो तर्फबाट विशेष पहल हुने जनाएको छ । यहाँको उर्वर भुमि कृर्षिलाई उत्पादकत्व र आयत तथा निर्यातमुखिकरणमा जोडदिनुका साथै आधुनिकीकरणका लागि विशेष कृर्षि प्याकेजमा वढवा दिने समेत वताएको छ । ५ वर्षमा यस क्षेत्रको मुहार फर्ने गरि आफुले काम गर्ने समेत शाहाको उद्घोष छ । चुनाव जिती सके पछि कुनै पनि कामको मतलव नगर्ने परिपार्टिको जुन चलन यो क्षेत्रमा रहिआएकोले त्यो गल्त प्रवृद्धिलाई निशेषद पार्ने जनाएको छ । देशको विकास र एकताको लागि समेत प्रतिनिधी सभाका उम्मेदवार टेकवहादुर वस्नेत र प्रदेश सभाको उम्मेदवार आफु भएकोले सवैले एकपटक सुनौलो मौका दिनुहुन शाहले यहाँका मतदाताका घर घरमै पुगेर भोट मागेका छन् ।



Leave a comment

Your email address will not be published.


*