घरको खाजासँगै रमाउदै पढदै बालबालिका

घरको खाजासँगै रमाउदै पढदै बालबालिका

बिनु श्रेष्ठ
दैलेख, भनिन्छ बालबालिका भगवानका रुप हुन,मनमा कुनै छलकपट नभएका अबोध र साना साना कुरामा प्रशन्न । यस भनाईलाई पुष्टी गर्छनः दैलेख जिल्लाको गुरासँ गाउपालिकामा(साविकको सेरी गा.वि.स.वा.नं.७को दोबाटो) अवस्थीत श्री बुद्ध आधारभुत विद्यालयका साना साना भाइ बहिनीहरुले ।त्यहाँ गए पछि जो कोहिले पनि देख्न सक्छनहिष्टपुष्ट र हसिला रसिला बालबालिकाहरु। ती बालबालिका अहिले हेरे जस्ता हसिला रसिला त्यत्तिकै भएका भने होइनन् । यसमा ठुलो

योगदान बुद्ध आधारभुत विद्यालयका प्राध्यापक कुल बहादुर सारुमगरको रहेको छ । २ बर्ष अगाडीसम्म बुद्ध आधारभुत विद्यालयमा बालमैत्री विद्यालयको नाउमा केहि पनि थिएन । जब कुल बहादुर सारुमगर जिल्ला शिक्षा कार्यालय दैलेखसँगको समन्वयमा सेभ द चिल्ड्रेन द्धारा सक्रिय शिक्षण सिकाईको ५ दिनको तालिममा सहभागी भए। उनी भन्छन जब म सक्रिय शिक्षण सिकाईको ५ दिने तालिममा बसे त्यस पस्चात अब आफनो विद्यालयमा केहि गर्नु पर्छ भनि मेरो मन भित्रैबाट बदलियो ।पहिले पनि विद्यालय राम्रो बनाउने मन नभएको त होईन तर कसरी बालमैत्री र राम्रो विद्यालय बनाउने भन्ने सिपको कमि थियो । म दैलेख बजारको तालिम सकेर उतै बाट सुर्खैत हानिय सक्रिय शिक्षण सिकाईका सामाग्रीहरु लिन । सामाग्री ल्याएर विद्यालयमा सवै सर म्याडमहरुलाई बसाएर बनाउन सिकाए अभिमुखिकरण गरे, कक्षा कोठामा प्रयोग गर्न थाले । तर पनि बालबालिकाहरु धेरै जसो मध्यान्ह पछि कक्षाकोठा मा नभई घर गईसकेका हुन्थे। किन यस्तो भनेर विचार गर्दै जादा बालबालिकहरु भोक सहन नसकेर मध्यान्हमै विद्यालयबाट घर जादा रहेछन भन्ने बुझे । अभिभावकहरुलाई बोलाएर अन्तरक्रिया गरे । अबदेखी सवै अभिभावकहरुले प्रत्येक दिन घरमा नै बनेका खानेकुरा पठाउनु पर्छ भन्ने निर्णय गरियो । अहिले हरेक बालबालकिाले घरबाट स्कुल आउदा नै घरमा बनेका(भात,रोटी तरकारी,चटनी, मकै , चना, भटमास आदि) लिएर आउछन। अब त बालबालिकाहरु साझ ४ बजे सम्म नै विद्यालयमा बसेर अध्यन गर्छन । हाम्रो विद्यालयमा जंक फुड ल्याउन पाईदैन भनेर भन्छन कुल बहादुर सारुमगर ।
जब विद्यालयमा मध्यान्ह हुन्छ सवै बालबालिकहरु लाईनमा उभिएर आफनो पालो आए पछि साबुन पानीले हात धुदै चौरमा सर म्याडमले बस्नलाई राखीदिएको चकटि,चटाई मा गोलो घेरामा बस्छन । सवै जना बालबालिका बसी सके पछि सर म्याडम र कार्यालय सहयोगीले बालबालिकाले ल्याएका खानेकुराहरु बाडिदिनु हुन्छ । सवै जना हासीखुशी एक अर्काले ल्याएका खानेकुरा बाडदै खाई रहेका हुन्छन । दैलेख जस्तो छुवाछुतले गाजीएको जिल्लामा त्यहाँ भने को दलित , को अपांग को बाहुन केहि मतलब छैन । समान समावेशिको अनुपम उदाहरण देख्न सकिन्छ । खाजा खाई सके पछि बालबालिकाहरु कोहि डोरी खेलिरहेका हुन्छन भने कोहि आफुलाई मन लागेका खेल खेलि रहेका हुन्छन । सारु मगर सर भने केहि परबाट चनाखो भएर बालबालिकालाई केहि चोट पटक नलागोस भनि न थाहा पाउने गरि हेरिरहेका हुन्छन ।
प्रत्येक कक्षाकोठामा बालबालिकाहरुले आफै जब चार्ट बनाएर कामको बाडफाँड गरेका छन । बालक्लब गठन गरिएको छ । बालबालिकालाई बालअधिकार, बालबालिकाले गर्नु पर्ने कर्तव्य, बालबालिका माथि हुने हिंसा र बच्ने उपाय खर्रर्र बताउछन । यति राम्रा राम्रा कुरा काहाँ सिक्यौ भन्दा हेड सर र सासेकको सरले सिकाउनु भएको हो भन्छन । बालबालिकाको पठन सिप पनि त्यत्तिकै उत्तम देखिन्छ । श्री बुद्ध आधारभुत विद्यालयले यो २ बर्षको दौरानमा गरेको प्रगति देखेर समुदायका जो कोही पनि कुलबहादुर सारुमगरको प्रसंशा नगरि बस्न सक्दैन । गुरास गाउपालिकामा रहेको शान्ती माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद शर्मा भन्छनः श्री बुद्ध आधारभुत विद्यालय हरेक दृष्टिकोणले दैलेखकै उत्कृष्ट विद्यालयमा पर्छ जस्तो लाग्छ । त्यहाँका बालबालिकामा रहेको शिष्टता,विद्यालयको व्यवस्थापन, बालमैत्री शिक्षण सिकाईको हरेक नमुना विद्यमान रहेको । मैले मेरा विद्यालयकका शिक्षक शिक्षीकालाई उक्त स्कुलमा गएर केहि सिकेर आउनुस के कारणले त्यहाँका बालबालिका त्यति शिष्ट र उत्कृष्ट छ भनेर । दलित र मगर समुदायका बालबालिका पढन आउछन त्यहाँ तर उनिहरु एक आपसमा समेत तपाई नभनि बोल्दैनन, कोहि कसैलाई देख्ने वित्तिकै नमसकार गर्न भुल्दैनन । तसर्थ जात जाति को कारणले होइन रहेछ बालबालिकालाई दिईने र सिकाईने बातावरणले फरक पर्दो रहेछ तसर्थ मैले पनि मेरो विद्यालयमा मा बुद्ध प्रा.वि.को सिको गर्दै छु ।कुलबहादुर सारुमगर मन्छन यो सवै शिक्षकको लगन,विद्यालय व्यवस्थापन समितीको अनुगमन र अभिभावकहरुको सक्रियताले यो सवै सम्भव भएको हो । तसर्थ हामीले पनि बुद्ध आधारभुत विद्यालयबाट केहि सिक्ने कि ?

 

 

 

प्रतिक्रिया