निर्वाचनमा बालबालिका प्रयोग बारे अनुगमन

निर्वाचनमा बालबालिका प्रयोग बारे अनुगमन

दैलेख मंसिर २, आगामी मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा बालबालिकाको प्रयोग गरे नगरेको बारे अनुमगन गरिएको छ । जिल्ला बालकल्याण समिति दैलेखले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका अनुगमन गरेको हो ।

समितिले “बालवालिका शान्ति क्षेत्र हुन, वालवालिकालाई निर्वाचनमा प्रयोग नगरौं ” भन्ने सन्देश सहित गत कार्तिक ३० देखि मंसिर १ सम्म भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठविस नगरपापालिका, दुल्लू नगरपालिका, गुराँस गाउँपालिका डुंगेश्वर गाउँपालिका तथा नारायण नगरपालिकामा अनुगमन तथा सन्देश प्रचार प्रसार गरिएको छ । राजनितीकदल तथा उम्मेदवारहरुले निर्वाचन अभियानमा बालबालिका र विद्यालयको प्रयोग गर्नु निर्वाचन आचारसंहिता उल्लंघन हो ।

अनुगमनमा गएका जिल्लाबाल कल्याण समिति दैलेखका सदस्य तथा राष्ट्रिय बाल संरक्षण संजाल प्रदेश नं. ६ का संयोजक हीरासिंह थापाका अनुसार निर्वाचनन जिकिदै गर्दा दलहरुको प्रचार प्रसारमा बालबालिका प्रयोग भइरहेको बताए । उनले भने “ कतिपय बालबालिका आफु खुसीसाथ दलको चुनावी कार्यक्रममा जाने गरेका छन् ।” उनका अनुसार घरका अभिभावकले आफ्नो छोरा छोरीलाई चुनावी कार्यक्रममा जाउँ भनेर लिने गरेको पाइएको छ ।

 

प्रतिक्रिया