लोकतान्त्रीक गठबन्धनलाई सघाउने खड्काको घोषणा

लोकतान्त्रीक गठबन्धनलाई सघाउने खड्काको घोषणा

दैलेख कात्तिक २ लोकतान्त्रीक गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पूर्व राज्य मन्त्री एवम नेपाली कांग्रेस दैलेखका संस्थापक नेता गणेश बहादुर खड्काले आफ्नो उम्मेदवारी स्थगित भएको घोषणा गरेका छन् । उनले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै उम्मेदवारी स्थगित भएको घोषणा गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, “आषन्न संघ तथा प्रदेश सभा निर्वाचनमा मैले नेपाली कांग्रेस केन्दिैय पार्टी नेतृत्वको गलत निणर्य प्रति असहमति र जिल्ल नेतृत्वको कतिपय असहमतिका कारण स्वतन्त्र उम्मेदवारी दिएको थिए । ” हाल देशको गम्भिर परिस्थितीको आँकलन गर्दै पार्टी हित र देशको हितका लागि उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन लागि पर्नेछु । खड्काले भनेका छन् । खड्का द्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ “नेपाली कांग्रेसका विभिन्न भातृ संगठन, पार्टी कार्यकर्ता, शुभेच्छुकलाई पार्टी भित्रको आन्तरिक मत भेदलाई थाँती राखेर लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।” उनले नेपाली कांग्रेस र राप्रपाको सयुक्त लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राप्रपाका दिपक कुमार शाही विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता संगै उनको चुनाव चिन्ह् गुलावको फुल रहेको थियो ।

प्रतिक्रिया