गुणस्तरिय शिक्षाको सवाल नै जोखिममा हुने खतरा, बेहोस हुने समस्याले विद्यालय छाड्दै किशोरी ।

गुणस्तरिय शिक्षाको सवाल नै जोखिममा हुने खतरा, बेहोस हुने समस्याले विद्यालय छाड्दै किशोरी ।

दैलेख– विद्यालय आउने किशोरीहरु कक्षा कोठामै एक्कासी बेहोस हुन्छन, अनी ढल्छन् । यो कुनै नयाँ समस्या भने होइन् । यस्तो समस्या ४ गत वर्ष देखि लगातार दोहोरिदैै आएको छ । एक जना बेहोस हुने वित्तीकै अन्य किशोरीहरु पनि बेहोस हुन्छन् । यस्तो समस्याको सिकार बन्दै आएका दैलेखको गुरास गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका किशोरीहरु अहिले विद्यालय छाड्न थालेका छन् ।
गुरास गाउँपालिकाको वडा नं. ६ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बगौरी, गुरास ६ मै रहेका जय जनता माध्यामिक विद्यालय जोरेबाँजमा अध्ययनरत किशोरीहरु विद्यालय छाड्न थालेका हुन् । यस्तै गुरास गाउँपालिकाको वडा नं. ३ मा रहेको शान्ति माध्यामिक विद्यालय सेरी र गुरास ३ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत किशोरीहरु विद्यालय छाड्न थालेका छन् ।
पछिल्लो समय यी विद्यालयमा अध्ययनरत किशोरीहरु विद्यालय छाड्ने दर बढेको बालबालिकाका क्षेत्रमा काम गर्दै आएका दैलेखका सामाजिक अभियान्ता हिरासिंह थापाले बताए । पछिल्लो एक महिनामा विभिन्न विद्यालयमा ६ जना भन्दा बढी किशोरीहरुले विद्यालय छाडेको थापाले बताए । किशोरीहरुले यस्तो समस्या भोग्न थालेको ४ बर्ष बितिसक्दा समेत समस्या दोहोरीरहदा किशोरीहरु विद्यालय छाड्न थालेका हुन् । यस्तो समस्याले नियमित पढाई समेत प्रभावित हुँदै आएको विद्यालयका शिक्षकहरु बताउछन् ।
विद्यालय छाडेर घरै बस्न थालेका किशोरीहरुमा घरमा पनि यस्तो समस्या देखि थालेको मनोसामाजिक विमर्शकर्ता गिता केसीले जानकारी दिएकी छिन् । किशोरीहरु बेहोस हुने, चिच्याउने र मुर्चा पर्ने समस्या देखिएको विद्यालयहरुमा पुगेकी केसीले भनिन् “विद्यालय छोडर घर बसेका किशोरीहरुमा पनि यस्तो समस्या देखा प¥यो ।” विद्यालय आउने किशोरीहरु बेहोस भए भन्ने सुन्ने वित्तीकै घरमै बसेका किशोरीहरु पनि बेहोस हुने गरेको केसीले बताइन् । किशोरीहरुमा मात्र यस्तो समस्या आउने गरेपछि विद्यालयमा शिक्षक, अभिभावक पनि चिन्तीत हुन थालेका छन् । यस्तो समस्या देखिएका दैलेखका विद्यालयहरु मध्येका यि विद्यालय प्रतिनिधी पात्र मात्रै हुन् । दैलेखका अन्य विद्यालयमा समेत विगतमा पटक–पटक यस्तो समस्या देखा पर्दै आइरहेको थियो ।

देउता लागेको भन्दै विद्यालय परिषरमै माईको थान
विद्यालयमा यस्तो समस्या देखा पर्न थालेपछि शान्ति माध्यामिक विद्यालयको परिषरमा अहिले (माई) मन्दिर को स्थापना गरिएको छ । विद्यालयमा एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेपनि धामी झाक्रीको भनाई अनुसार नै माईको मन्दिर स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद शर्माले बताए । विद्यालयमा अहिले कुनै किशोरीलाई बेहोस हुने समस्या देखा पर्न साथ पुरा आजा गर्ने गरेको उनले बताए । विद्यालयमा अध्यानरत छात्र छात्राहरुलाई समेत देउता रिसाएको कारण यस्तो समस्या आएको भन्ने शिक्षा दिदै आइएको छ । छात्राहरुमा यस्तो समस्या देखा परेपछि माईको मन्दिर स्थापना ग¥यौ, उनले भने । धामी र झाक्रीको सल्लाह अनुसार माईको थान निर्माण गरिएको भएपनि समस्या समाधान भएको छैन् ।

पटक पटक चेतनामुलक कक्षा
गुरास गाउँपालिकामा रहेको शान्ति माध्यामिक विद्यालय र सरस्वती मावी लगाएतका विद्यालयमा किशोरीहरु बेहोस हुने, चिच्चाउने र रुने समस्याका विषयका पटक पटक चेतना मुलक कक्षा संचालन भइरहेका छन् । २ वर्ष अघि दैलेखकी सामाजिक अभियान्ता पार्वति विशुन्केले उक्त विद्यालयमा हप्तौ सम्म बसेर किशोरीहरुलाई चेतनामुलक कक्षा संचालन गरेकी थिइन् । सेरी माध्यामिक विद्यालयमा यस्तो समस्या देखिन थालेको बर्षौ वितिककेको अभियान्ता पार्वति विशुन्केले बताइन् । गुँरास गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालयमा बेहोस हुने, चिच्चाउने र रुने समस्यालाई मध्यनजर विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले बेला बेला चेतनामुलक कक्षा संचालन गर्दै आएको छन् । विद्यालयमा यस्तो समस्याका कारण गुणस्तरिय शिक्षामा प्रभावित बन्ने जोखिम बढेको छ । विद्यालयमा अध्ययनका लागि आउने किशोरीहरुलाई हुने यस्तो समस्या स्वास्थ्य संग जोडिएको हुन सक्ने जानकारहरु बताउछन् । किशोरीहरुलाई यस्तो समस्या देखा परेपछि पुरानै शैलीमा पुजा आजा र माईको मन्दिर नै स्थापना गर्नु अस्वभाविक मानिएको छ । विद्यालयमा अध्ययनका लागि आउने किशोरीहरुलाई यस्तो समस्या देवी देवताका कारण हो भनेर गलत शिक्षा दिनाले पनि शिक्षाको गुणस्तर खस्कने सामाजिक अभियान्ता हिरासिंह थापाले बताए ।

वालविवाह वढ्ने खतरा
मुर्छा पर्ने कारणको वारेमा विवाह गर्दा ठिक हुन्छ भन्ने समुदायमा गलत धारणा भएको कारण वालविवाह वढ्ने सम्भावना देखिएको कुरा सामाजिक परिचालक चक्र विसीले वताए । उनले थप “अरु कुनै कारण जुन कुरालाई कसैलाई नभनि मनमा लुकाएर राख्दा यो किशोरी अवस्थामा आउने समस्या हो भन्ने जानकारी नै नहुँदा र विवाह गर्दा सन्चो हुन्छ भन्ने गलत धारणका कारण विगत १ वर्ष देखि रोकिएको वालविवाह वढ्न सक्ने भएकोले चिन्ता लागेको छ ।”

प्रतिक्रिया