चुनावमा बालबालिका प्रयोग नगर्न राजनितिक दलहरुलाई आग्रह

चुनावमा बालबालिका प्रयोग नगर्न राजनितिक दलहरुलाई आग्रह

पाँचथर जिल्लामा वालवालिकारुको क्षेत्रमा कृयाशिल बालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरले आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा बालबालिका प्रयोग नगर्न राजनितिक दलहरुलाई आग्रह गरेको छ ।

चुनावमा जनशक्ति प्रदर्शन र घरदैलो, जुलुस,सभा,पोष्टर र पम्प्लेट वितरण, जस्ता प्रचार प्रसारका अभियानमा बालवालिका र विद्यालय क्षेत्रको प्रयोग नगर्न, विद्यालय हातामा राजनैतिक गतिविधिहरु नगर्न, विद्यालयका सामाग्रीहरु प्रयोग नगर्न,साथै निर्वाचनको सन्दर्भमा समेत विद्यालय क्षेत्रलाइ प्रयोग नगर्न आग्रह गरेको हो ।

राजनैतिक दलहरुको केन्द्रि र स्थानिय तहमा समेत बालवालिकाको प्रयोग नगर्ने भन्ने प्रतिवध्दतालाई व्यवहारमा अक्षरस पालना गर्न जिल्ला स्थित राजनैतिक दलहरु र तिनका भातृ तथा भगिनी संघ संस्थाहरुलाइ अनुरोध गरेको छ ।

बालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक लेखनाथ खतिवडाको अध्यक्षतामा सरोकारवालाहरु समेतको भेलाले विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि राजनैतिक दलहरुले गरेको प्रतिवध्दतालाई कायान्वयन गरी वाल अधिकारको संरक्षण र संवर्धन गर्न सरोकारवाला सवैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया