राष्ट्रिय जनमोर्चा दैलेखद्धारा कोणसभा

राष्ट्रिय जनमोर्चा दैलेखद्धारा कोणसभा

मंसिर ५ गते दैलेख,  राष्ट्रिय जनमोर्चा दैलेखले गुँरास गाउँपालिकोे धर्मपोखरामा कोणसभा सम्पन्न गरेको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, समृद्ध नेपालको निर्माण गरौं, राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरौं’ भन्ने मुल नाराका साथ कोणसभा गरिएको हो । कोणसभामा राष्ट्रिय जनमोर्चा चुनाव परिचालन मुल समिति दैलेखका संयोजक एवं राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशसभाका उम्मेदवार कविराज खत्रीले विस्तापितको नाममा भत्ता खानेहरुलाई मतदाताहरुले मतदान नगर्न आग्रह गर्नु भएको छ । ‘जिल्लालाई कसरी समृद्ध बनाई जनताका आधारभूत आवश्यकता कसरी पुरा गर्न सकिन्छ ? भन्नेमा चिन्तिन नभई जिल्लाबाट रातारात विस्तापितभई कसरी राहत रकम कुल्याउन सकिन्छ भन्ने गलत नियत भएका उम्मेदवारहरुलाई मतदाताहरुले मतदान गरी विजयी गराउनु भनेको सवै भन्दा ठूलो गल्ति हुने बताउनु भएको छ । कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष तथा प्रतिनिधीसभा समानुपातिक उम्मेदवार अम्बर बहादुर नेपालीले दैलेख जिल्ला प्राकृतिक स्रोतसाधनले सम्पन्न जिल्ला भएकाले यहाँको जडिबुटी, जलस्रोत र कृषि क्षेत्रलाई आधुनिकिकरण सहितको बजारीकरण गर्न सक्याँै भने जिल्ला समृद्ध बताउन भएको छ । कोणसभामा राष्ट्रिय जनमोर्चा दैलेखका सल्लाहकार अध्यक्ष तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार पुर्णबहादुर शाही, राष्ट्रिय जनमोर्चा दैलेखका सचिव तथा निर्वाचन क्षेत्र नं. १ (ख) का प्रदेशसभा उम्मेदवार सुरत रावत र राष्ट्रिय जनमोर्चा दैलेखका सदस्य पृथ्वी केसीको उपस्थिति रहेको थियो ।
यस्तै आठविस नगरपालिकाको राकमकर्णालीमा पनि राष्ट्रिय जनमोर्चा दैलेखले कोणसभा गरेको छ । कोणसभामा बोल्दै अखिल भारत नेपाल एकता समाजका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार भिमबहादुर विष्टले अहिले संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा माथि गम्भीर खतरा उत्पन्न भएको छ, त्यहि खतरालाबाट देशलाई जोगाउन राष्ट्रिय जनमोचाको चुनाव चिन्ह गिलासमा सवै मतदाताहरुले मतदान गरी विजयी गराउन अनुरोध गर्नु भएको थियो । कोणसभामा राष्ट्रिय जनमोर्चा दैलेखबाट प्रदेशसभा समानुपातिक उम्मेदवार भरत बहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल सरकारले आफै बनाउनु पर्ने बताउनु भएको छ । स्वदेशी लगानीबाट यो आयोजना निर्माण भएपछि दिनहुँ भारतको गल्तिदेखि अरवको खाडीसम्म काम खोज्न जाने नेपाली युवाहरु आफ्नै देशमा रोजगारी पाउने बताउनु भएको छ । देशको मुहार बदल सक्ने माथिल्लो कर्णाली जलविद्युत आयोजना भारततीय कम्पनी जिएमआरलाई नेपाल सरकारले सुम्पिनु भनेको हाम्रो स्थानीय स्वायत्त शासन र राष्ट्रियतामाथि नाङ्गो प्रहार भएकाले तत्काल जिएमआरसँग भएको सम्झौता खारिज गर्नु पर्ने बताउनु भएको छ । कोणसभामा राष्ट्रिय जनमोर्चा दैलेखका सह–सचिव नविन भट्टाराई अखिल नेपाल युवकसंघ दैलेखका प्रतिनिधी तेजनारायण महतराको उपस्थिति रहको थियो । यसै गरी भगवतीमाई गाउँपालिकाको जगनाथको तुर्सुमा राष्ट्रिय जनमोर्चा दैलेखका सदस्य लक्ष्मीप्रसाद रेग्मीको नेतृत्वमा घरदैलो तथा चुनाव प्रचार प्रसार अभियान गरिएको राष्ट्रिय जनमोर्चा दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया