“बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने नाराका साथ अन्तरराष्ट्रिय बाल दिवस सम्पन्न

“बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने नाराका साथ अन्तरराष्ट्रिय बाल दिवस सम्पन्न

दैलेख, “बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने नाराका साथ दैलेख जिल्लामा अन्तरराष्ट्रिय बाल दिवस सम्पन्न भएको छ । श्री मालिका मा.वि. वांसी दैलेखको समन्वयमा सुन्दर बाल संजाल वांसी दैलेखको आयोजनामा बाल विवाह न्यूनीकरण सम्वन्धी सरोकारवाला निकाय विचमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । संजालका अधयक्ष श्री मनिसा विष्टको अध्यक्ष्तामा र महावु गा.पा ३ वांसी का वडाअध्यक्ष श्री हीरासिंह वडुवालको प्रमुख आथीत्यतामा कार्यक्रम संचालन गरिएको थियो । निर्वाचीत प्रतीनिधी, शिक्षक, बालबालिका, वुद्धीजीवीहरुको सहभागीमा कार्यक्रम संचालन गरिएको थियो । बालविवाह हुने कारण र त्यसको असर बारेमा छलफल गरि अभिभावकले सामाजिक तथा पारीवारिक रुपमा बालबालिकालाई सहज वातावरण वनाउनुपर्ने कुराको निश्कर्ष निकालिएको थियो ।
ज्वाला वाल संजाल वडाखोलाको आयोजनामा र श्री जगदिस मा. वि वडाखोला दैलेखको र्याली सहित बाल खेलकुद कार्यक्रम र बाल विवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा संजालका सदस्य श्री कमल खत्रीको अध्यक्षतामा र महावु गा पा का अध्यक्ष श्री जंग बहादुर शाही, वार्ड अध्यक्ष श्री रामकृष्ण गुरुङ्ग, व्यवस्थापन समितिका अध्यक्ष श्री दल वहादुर गुरुङ्ग, प्र अ श्री भगीरथ शर्मा, समाजसेवी, बालबालिका, सामाजिक परिचालकको सहभागीता रहेको थियो ।
लालीगँरास बाल संजाल भैरवी गा.पा. ४ र ५ भैरीकालिकाथुम मा संजालका अध्यक्ष श्री गणेश रिजालका अध्यक्षतामा, श्री हिमालय मा.वि. डाँडीमाडी दैलेखका प्र अ श्री विशाखर रिजालको प्रमुख आतीथ्यतामा र भैरवी गा.पा का कार्यकारी अधिकृत श्री भक्ती वन सन्यासी, शिक्षक, महिला तथा बालबालिका शाखा कार्यालय दैलेखको प्रमुख, समाजसेवी, वुद्धीजीवी र बालबालिकाको उपस्थितीमा बाल विवाह र स्वस्थ महिनावारी र बाल अधिकार सम्वन्धी विषयमा अन्र्तक्रिया गरिएको थियो, जसमा बाल विवाहको कारणले गर्दा समाजको दिगो विकास गर्न नसकिरहेको कुराहरु आएका थिए ।
महावु, भैरवी गापामा संचालन भएको कार्यक्रम ए इ आई एन लक्जेम्वर्ग÷टी डी एच जर्मनी नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्धन कार्यक्रमको सहयोगमा संचालन गरिएको थियो ।
श्री सरस्वती मा .वि. दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा सरस्वती मा.वि.मा रहेका ६० जना बालबालिकाहरुसंग बाल विवाह न्यूनीकरण सम्वन्धी विषयवस्तुमा रहि अन्तरक्रिया गरिएको थियो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका कर्मचारीहरुले कार्यक्रमको सहजीकरण गरेका थिए कार्यक्रममा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले अन्तरराष्ट्रिय बाल दिवसको अवसर पारी कार्यक्रम संचालन गरिएको थियो । बाल विवाह हुने कारणहरुकमा अशिक्षा, सामाजिक संस्कार, देखासीकी, चेतनामा कमी जस्तचा कारणले हुने गरेको र त्यसबाट परेको असरमा गरिवीमा वृद्दि, मानव वेचविखन, विदेश जानुपर्ने वाध्यता, सम्वन्ध विच्छेद, वहुविवाह, शिक्षामा असर र प्रजनन स्वास्थ्यमा असर पर्ने भएकोले बाल विवाह न्यूनीकरणको लागि बालबालिका, विद्यालय, घरपरिवार, अभिभावक लगायत स्थानिय स्तरबाट न्यनीकरणको लागि पहल गर्ने बारेमा सरोकारवाला निकायहरुले कार्ययोजना वनाइ जानुपर्ने र आफुले सहयोग गर्नुपर्ने स्थानमा सहयोग गर्न सधै तत्पर रहेको कुरा औलाउनु भएको थियो ।

प्रतिक्रिया