महिवारीले छात्राहरूकाे पढाइमा वाधा

महिवारीले छात्राहरूकाे पढाइमा वाधा

दैलेख, बाल विवाह र स्वस्थ महिनावारी विषयक सरोकारवाला निकायहरु विचमा अन्तरक्रिया कार्यक्रम भैरीकालिकाथुममा सम्पन्न भएको छ । महिनावारी भएको अवस्थामा गोठमा, घरको आगनमा वारीको कान्लामा, ढीकीमा सुत्ने भएकोले वत्तीको असुवीधाले गृहकार्य गर्न नपाउदा, वढि रगत वग्ने र विद्यालयमा प्याड व्यवस्था नभएकोले र पेट दुख्ने समस्या भएको कारणले गर्दा बालिकाहरु महिनावारी भएको सायममा विद्यालयमा कम उपस्थित हुने समस्या रहेको बालिका कल्पना शाहीले वताइन ।

बाल विवाहको अवस्थाको वारेमा कुरा गर्दा अन्तरक्रियाका सहभागीहरुले १४ देखि १८ वर्ष उमेर समुहका बालबालिकाको विवाहको औशतमा वढि विवाह हुने गरेको वताएका थिए । बालक भन्दा पनि बालिकाको कम उमेरमा विवाह हुने गरेको पाइयो । बाल विवाह हुने मुख्य कारण सामाजिक संस्कार, गरिवी, अशिक्षा, चेतनाको कमी वेरोजगारी, देखासीकी, प्रविधीको दुरुपयोग रहेको र यसबाट परेका असरहरुमा घरेलु हिंसा, वहुविवाह, सम्वन्ध विच्छेद, प्रजनन स्वाथ्यमा समस्या लगायत मानव वेचविखनमा गर्न सक्ने समस्याहरु आउन सक्ने भनि छलफल भएको थियो ।

आगामी दिनहरुमा यस्ता महिनावारी वार्ने प्रचलन र बालविवाहलाई न्यूनीकरण गर्नको लागि सम्पूर्ण निकायहरुले भुमीका निभाउनु पर्ने र वार्ड कार्यलयबाट पनि विभीन्न सचेतनामूलक कार्यक्रम संचालन गरि यस्ता कुप्रथालाई न्यूनीकरण गर्दे अन्त्य गर्ने कुरा वार्ड अध्यक्ष हेमलाल जैशीले वताय । यो कार्यक्रम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले वाल विवाह न्यूनीकरण गर्न तथा स्वस्थ एंव महिनावारी वारेमा जानकारी गराउने उद्देश्यले संचालन गरिएको थियो । यो कार्यक्रम ना.न.पा ११ विन्ध्यावासीनी, महावु गा.पा.२ र ३ वांसी र वडाखोलामा संचालन गरिएको थियो ।

प्रतिक्रिया