युवाहरुद्वारा मेलाको अवसरमा भलिवल प्रतियोगिता

युवाहरुद्वारा मेलाको अवसरमा भलिवल प्रतियोगिता

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकाको वडा ५ अन्र्तगत शंखपिपल च्युरामा प्रतिपदाको दिनमा लाग्ने मेलामा भएको भलिभवल आयोजनामा रोयल च्यालेन्जर युवा क्लव विजयी भएको छ । बन्गाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द पुनले उद्घाटन गरेको उक्त भलिवल प्रतियोगितामा दर्जन वढि टिमले भाग लगेका थिए । जस्मा च्युराको युवा क्लवले विजयी हासिल गरेको छ ।

भलिवल खेल आयोजनामा आर्थिक सहयोग गर्ने सवै निकायलाई खेल प्रति चासो राखेर आर्थिक सहयोग गर्ने निकायलाई खेलाडिहरुले प्रसंसा गरेका छन् । भलिवल प्रतियोगामा दोस्रो स्थान बन्गाड कुपिण्डेको साविक बामे गाविस र तेस्रो स्थान सल्लविजार आएको आयोजकले जनाएको छ । साथै प्रथम,दोस्रो र तेस्रो विजेता खेलाडिलाई वडा ५ का वडा अध्यक्षले प्रमाण पत्र र नगर पुरस्कार वितरण गरेको जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडिलाई रिस्ता कम्युनिकेशन कर्नर सल्लीवजारले ४ हजारको मोवाईल प्रदान गरेको थियो ।

प्रतिक्रिया