संस्थागत विकास हुदै बाल क्लव

संस्थागत विकास हुदै बाल क्लव

आठबीस नगरपालिका वडा नं ४ राकमकर्णालीका बालक्लवहरुको संस्थागत विकास हुदैछ । विगत लामो समय देखि समुदाय तथा विद्यालयस्तरमा आप्mना गतिविधि सञ्चालन गर्दै आएका बालक्लवहरु जिल्ला बाल कल्याण समितिमा आवद्ध भए पछि संस्थागत विकास हुन सुरुवात भएको हो ।

राकमकर्णालीका समुदाय स्तरमा रहेका ८, विद्यालय स्तरमा रहेका २ र आठबीस नगरपालिका स्तरीय बाल सञ्जाल जिल्ला बाल कल्याण समितिमा दर्ता भएर बैधानिक रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएकाछन् । ति बालक्लवहरुले आफ्ना योजना नगरपालिका र महिला विकास कार्यालयसँग माग गरिरहेका छन् । उक्त बालक्लवहरुको सहजीकरण सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले गरिरहेको छ । परियोजना कार्यरत अन्य क्षेत्रका बालक्लवहरु पनि दर्ता हुने क्रममा रहेका छन् ।

बालअधिकारको सुनिश्चित गर्न र बालबालिका माथि हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य गर्नुका साथै बालबालिकाहरुलाई सचेत गराउन बालक्लवले सहयोग गरेको जनज्योती बालक्लवका अध्यक्ष कमल नेपालीले बताए । उनले थपे, बाल सहभागीतामा बृद्धि गर्न बालक्लवको महत्वपूर्ण भूमिका रहेको छ ।
बालक्लवकै क्रियाशिलताका कारण बालअधिकार महासन्धि १९८९ ले तोकेका अधिकारहरुको बारेमा बालबालिका जानकार भएका नेपालीको भनाई थियो । हामी चाहान्छौ स्थानीयतहका सबै संरचनामा बालबालिकाको सहभागिता अनिवार्य हुनुपर्छ । उनले भने, अबका बालबालिका अरुको योजनामा काम गर्ने होइन्न आफ्नो आवश्यकता अनुसारका योजना आफै छनौट गर्न र कार्यान्वयन गर्न पनि सफल छन् ।

बालक्लवले बालविवाह न्यूनिकरण, बालश्रमको अन्त्य र छाउपडी प्रथा विरुद्ध पनिकाम गरिरहेको कालिका बालक्लवका अध्यक्ष विरेन्द्र माझीले बताए । उनले थपे, बालक्लवले आफ्नो बार्षिक कार्ययोजना निर्माण, भित्ते पत्रिका प्रकाशन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । देउसी भैलोमा समेत बालक्लवले छाउपडी प्रथाको अन्त्य र बालश्रम न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उनको भनाई थियो ।

 

प्रतिक्रिया