पार्टनर प्लेटफर्म वैठक सम्पन्न

पार्टनर प्लेटफर्म वैठक सम्पन्न

धनगढी, डिसिएका साझेदार संस्थाहरुको पार्टनर प्लेटफर्म वैठक सम्पन्न भएकोछ । डिसिएका साझेदार संस्थाहरुको हिजो देखि शुरु भएको वैठक आज सम्पन्न भएको हो । डिसिएको नयाँ राष्ट्रिय रणनिती अनुसार सवै साझेदार संस्थाहरु एकै ठाउँमा भेला भई वैठक गरिएको यो पहिलो पटक हो । वैठकमा सम्पुणर््ा साझेदार संस्थाहरु गरेका कामको समिक्षा, डिसिएको अवको रणनिती र थ्येउरी अफ च्यान्जको अवधारण वारेमा छलफल भएको थियो ।

डिसिएले नेपालमा नागरिक सक्रियता, उत्थानशिल जिविकोर्पाजन तथा दिगो खाद्य सुरक्षा र मानविय सहयोग तथा विपद्र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएकोछ । हाल डिसिएका १९ वटा नेपाल भित्रका साझेदार संस्था मार्फत नेपालका विभिन्न जिल्लामामा काम गर्ने गर्दछ । डिसिएका विभिन्न वैठक तथा वोर्डमा सहभागि हुनको लागि साझेदार संस्थाको तर्फवाट असोक विक्रम जैरु निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया