मल नपाउँदा किसानलाई सास्ती

मल नपाउँदा किसानलाई सास्ती

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकीमा किसानले मल नपाउँदा हैरानी भएको छ । धान भित्र्याएर गहुँबाली लगाउन लागेका किसान यतिवेला युरिया डिएपी मलको हाहाकारले हैरानी परेको जनाउन थालेका छन् । खेत जोतेर मात्रै के गर्ने घर देखि गाई वस्तुको मल ल्याउन टाढा भएको र दिनमा १ डोका मात्रै मल ल्याउन सकिने भएकोले गहुँवालीमा हाल्ने मल नपाएको किसानहरुको दुखेसो रहेको छ ।

व्यापारिबाट मल पाए पनि उक्त मल खेतबारीमा प्रयोग गर्ने खालको नभएको वताएको छ । २ दिन अघि खेतमा हालेको मल नविलाउँदा झन समस्या भएको इश्वर साहुले वताए । आफुले खेतमा हालेको मल महुगो मुल्यमा किनेको तर पनि उक्त मल कृर्षि सामग्री केन्द्र र साल्ट ट्रेनिङ्ग कम्पनीको नभई अन्य कम्पनीको रहेको वताएको छ । बनगाड क्षेत्रमा व्यापारिले विक्रिको लागि ल्याएको युरिया मलमा गुणस्तरता नभएको समेत वताएको छ ।

डिएपी मलको अभावसँगै किसानले तेहि गुणस्तर पना नभएको मल खरिद गरि खेदबारीमा प्रयोग थालेका छन् । ११ सय पर्ने डिएपीलाई किसानले १५ सय देखि २ हजार सम्म मुल्यमा किन्न वाध्य भएका छन् । मल नपाउँदा किसान यतिवेला हैरानीमा पर्न थालेका छन् । गुणस्तर नभएको मल भने सल्यानको पश्चिम क्षेत्रको सल्लीवजार लगाएतका अन्य स्थानीय वजारहरुमा भित्रीएको छ । तेहि मलमा पनि व्यापारिले कालोवजारी मचाईरहेको स्थानीय मानसिं वि.क.ले वताए । १ वोरा डिएपीले १ हजार मुल्य पर्ने हो तर यहाँ त १५ सय मुल्य हाल्दा समेत मल नपाएको उनको दुखेसो छ । मलमा कालोवजारीसँगै गुणस्तरता नभएको थाहा हुदाँ हुदै समेत किसान तेहि मल किनेर खेतबारीमा प्रयोग गर्न वाध्य भएका छन् ।

प्रतिक्रिया