हृदय घातकाकारण नेपाली काँग्रेस पुर्व गाउँ सभापतिको निधन

हृदय घातकाकारण नेपाली काँग्रेस पुर्व गाउँ सभापतिको निधन

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीका १ घाटगाउँ नीवासि ६९ वर्षिया भीम वहादुर वुढाको हृदयघातकाकारण निधन भएको छ । बन्गाड कुपिण्डे साविक देवस्थल गाविसको नेपाली काँग्रेसका पुर्व सभापति वुढाको नीधनले यहाँका नागरिकलाई दुखी तुल्याएको छ ।
विगत लामो समय देखि नेपाली काँग्रेस पाटिको स्थानीय स्तरमा महत्वपुर्ण पदमा वसेर काम गरेकोले यति वेला वुढाको निधने नेपाली काँग्रेसलाई ठुलो क्षेती पुगेको बन्गाड कुपिण्डे नेपाली काँग्रेसका पाटि संयोजक दुर्गा खड्काले वताए । देवस्थलका भिविन्न वस्तीमा वुढाको सहयोगमा खानेपानी, सिचाई कुला र बन्गाड खोलामा तटबन्धनको काम लगाएत अन्य समाजिक क्षेत्रमा उहाँका योगदान रहेको जनाएको छ ।
यहाँका स्थानीय आज भिम वहादुरको निधले एक असल समाजसेवी गुमाएको वताएका छन् । बन्गाड खोलाको तटबन्धको लागि योजना माग गर्नको लागि वुढा दाङ्गबाट विहिवार वेलुकी सल्यान फर्किएका थिए । विहीबार नै साँझ दाङ्ग सल्यान हुदै सल्लीवजारको फुलबारी होटलमा वसिरहेको समयमा अकास्मत वेहोस भएको ५ मिनेटमै उनको निधन भएको परिवारले जनाएको छ । होटलमा वसीरहेको समयमा वेहोस अवस्थाका वुढालाई सल्लीवजारको जनवन्धु पोलीकिल्नीकमा उपचार गर्न लिदाँ लिदै मृत्यु भएको जनाएको छ । उनि वसेको होटल अस्पतालको दुरी नजिकै हुदाँ समेत वचाउन नसकिएको परिवारले जनाएको । वुढाको निधले यस क्षेत्रका नागरिक भने दुखि भएका छन् । वुढाको आज नै दाहशंस्कार गरिएको छ ।

प्रतिक्रिया