लैंगिक हिंसा अन्त्यका लागी सबै भन्दा पहिले आफ्नो घरलाई हिंसामुक्त बनाउँ ।।

लैंगिक हिंसा अन्त्यका लागी सबै भन्दा पहिले आफ्नो घरलाई हिंसामुक्त बनाउँ ।।

खगेन्द्र राना मगर
१६ मंसिर दैलेख, लैंगिक हिंसा अन्त्यका लागी सबै भन्दा पहिला आ–आफ्नो घरलाई हिंसामुक्त बनाउनु पर्ने एक सरोकारवालाहरुले जोड दिएका छन् । “सबै जुटौ, कोही नछुटौ” भन्ने नारा सहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत दैलेख जिल्लाका प्रमुख सरोकारवालाहरु संगको रेडियो परिसंवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
परिसंवाद कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले नेपालमा पुरुषको तुलनामा महिलाहरु बढी लैंगिक हिंसामा पर्ने गरेको तथ्यांक रहेको बताउँदै लैंगिक हिंसा न्यूनिकरण गर्नका लागी राज्यले बिभीन्न किसीमका चेतनामुलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले यस्ता खाले घटना समाप्त पार्नका लागी दण्डात्मक बिधीबाट पनि नियन्त्रण गर्नु पर्ने बताउनुभयो । ग्रामीण भेगमा अधिकांश महिलाहरु लैंगिक हिंसामा परेको भए पनि खुलेर सम्बन्धित पक्षलाई जानकारी गराउन नसक्ने जस्ता कमजोरीहरु समाजमा अझैपनि व्याप्त रहेको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले राज्यका बिभीन्न निकायहरुले जनचेतनामुलक कार्यक्रम ल्याएमा लैंगिक हिंसा रहित समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला बिकास अधिकृत अनिता ज्ञवालीले दैलेख जिल्लामा लैंगिक हिंसा अधिकतम मात्रामा भएको जानकारी गराउँदै बढिजसो महिलाहरु यौनजन्य घटनाहरु पिडित हुने गरेको बताउनुभयो । उहाँले दैलेखमा लैंगिक हिंसाका घटनाहरु नहुन भन्नका लागी महिला तथा बालबालीका कार्यालयले गाउँ–गाउँमा चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको वताउँदै अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र सञ्चालनमा ल्याईएको बताउनुभयो । ज्ञवालीले आफुलाई मन नपर्ने व्यवहार अरुलाई पनि गर्न नहुने बताउँदै सबैले आ–आफुनो घरलाई सभ्य र हिंसा मुक्त बनाएमा समाज पनि हिंसामुक्त हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै दैलेखका प्रहरी प्रमुख सरोज पौड्यालले जिल्ला प्रहरी कार्यालयमा आउने घटनाहरु मध्ये ५० प्रतिशत भन्दा बढी लैंगिक हिंसाकै घटनाहरु आउने गरेको बताउनुभयो । उहाँले आर्थीक बर्ष २०७४÷०७५ को हाल सम्म घरेलु हिंसा सम्बन्धी ४८ र सामाजिक हिंसा सम्बन्धी ४७ घटनाहरु दर्ता भएको बताउनुभयो । प्रहरी प्रमुख पौड्यालले ठाडो उजुरीहरु ९५ र ५३ वटा उजुरीमा मिलापत्र भएको बताउनुभयो । पौड्यालले घरेलु हिंसाका घटनाहरु हुनको मुख्य कारण घरेलु मदिरा र आर्थीक रुपले सबल नहुनु जस्ता कारणहरु रहेको बताउनुभयो ।
अधिबक्ता सुरेन्द्र अधिकारीले २०६६ सालमा घरेलु हिंसा कसुर र सजाए ऐन आईसके पछि मुद्धा मालीलाहरु पनि आउने गरेको र प्रतिबाद्धीहरुलाई सजाय पनि हुने गरेको बताउनुभयो । उहाँले लैंगिक हिंसा सम्बन्धमा प्रायाप्त मात्रामा कानुनी व्यवस्था रहेको बताउँदै बिगतका ऐनहरु भन्दा अहिलेको ऐन प्रगतिशिल तथा अग्रगामी रहेको र पिडीतलाई न्याय दिलाउनका लागी स्थानिय तह, जिल्ला अदालत, नजिकैकोे प्रहरी कार्यालय अथवा राष्ट्रिय महिला आयोगमा पनि निवेदन दिन सकिने व्यवस्था रहेको बताउनुभयो । घरेलु हिंसाबाट पिडीत महिलाको न्याएको निम्ती कुनै पनि कमी नभएको बताउनुभयो । अधिबक्ता अधिकारीले अन्याएमा परेका व्यक्तीलाई न्याएका निम्ति प्रशस्त वाटाहरु रहेको भन्दै ति वाटाहरुलाई पक्रन सक्नु पर्ने र सबैभन्दा पहिला आफुबाटै सुधार गर्नु पर्ने बताउनुभयो । उहाँले व्यक्ति सबै ठाउँमा ठिक हुने हो भने यो समाज आफै ठिक हुने भन्दै सबैले चाहीने कुराको समर्थन र नचाहीने कुराको बिरोध गर्नु पर्ने बताउनुभयो ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग ९ग्क्ब्क्ष्म्०को आर्थिक सहयोग, कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन ९एब्ज्ब्ी० कार्यक्रम, दिगो कृषि तथा वातावरण र जलश्रोत संरक्षण केन्द्र (सेवक) दैलेखको आयोजनामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण रेडियो ध्रुबतारा एफ.एम ले गरेको थियो । परिसंवाद कार्यक्रम दैलेखका ३ वटा सामुदायीक रेडीयोहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम सञ्चालन रेडियो धु्रवतारा एफ.एम. दैलेखका कार्यक्रम प्रमुख भिम सिजापतिले गर्नु भएको थियो भने कार्यक्रमको सम्पुर्ण प्राविधिक व्यवस्थापन पहल कार्यक्रमका सुसासन अधिकृत युवराज शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया