व्यवसाय शुरु तथा सुधार तालिम सम्पन्न

व्यवसाय शुरु तथा सुधार तालिम सम्पन्न

दैलेख, आज व्यवसाय शुरु तथा सुधार तालिम सम्पन्न भएकोछ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा दैलेख वजारमा व्यवसाय शूरु तथा सुधार तालिम ५ दिन सम्म संचालन भई आज सम्पन्न भएको हो । अर्धव्यबसायिबाट व्यवसायिक तर्फ उन्मुख गर्ने उदेश्यले यो तालिम संचालन गरिएको थियो । महिला, युवा तथा वाल अधिकार प्रवद्र्धन कार्यक्रमको कार्यक्षेत्र महावु गापा वडा नं. २ र ३, भैरवी गापा वडा नं. ४ र ५ तथा नारायण नपा वडा नं. ११ का २४ जना युवा सदस्यहरुको सहभागिता रहेको थियो ।
युवाहरुलाई व्यवसायिक योजना वनाएर व्यवसाय तर्फ उन्मुख गर्नको लागि तालिम संचालन गरिएको संस्थाका सहायक निर्देशक दुर्गा गिरीले वताउनु भयो । हो । कार्यक्षेत्रका महिला समुहका र युवा क्लवका गरी २४ जनाको सहभागीता रहेको थियो । तालिम मिति २०७४ मंसिर १२ गते देखि १६ गते ५ दिन सम्म संचालन गरिएको थियो । तालिममा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने उपाय एवं शतर्कता र व्यवसायिक योजना वनाउन सिकाइ व्वसाय प्राथमिकीकरणको आधारमा व्यवसाय संचालन सम्बन्धी शिप ज्ञानको जानकारी दिएको थियो । जसमा तरकारी खेती प्राथमिकिकरणमा परेको थियो । वजारको मागको आधारमा व्यवसाय छनौट गर्ने र वजारको मागको आधारमा उत्पादन गर्ने सम्वन्धि सिप विकास गरिएको सहजकर्ता भरत कुमारी सुनारले वताउनु भयो । तालिम एईआईएन टिडिएचको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्र्धन कार्यक्रमवाट संचालन भएको थियो ।

प्रतिक्रिया