भैरिकालिकाथुममा कृषि मेला प्रद्र्धशनी

भैरिकालिकाथुममा कृषि मेला प्रद्र्धशनी

दैलेख ३ पौष,
स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तुको बजारिकरण तथा उत्पादनमा बृद्धि गर्ने उदेश्यले दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ भैरिकालिकाथुममा कृषि मेला प्रद्र्धशनी मेला सम्पन्न गरिएको छ । कृषि मेला प्रद्र्धशनीमा स्थानीय कृषकहरुले आफुले उत्पादन गरेको कृष जन्य बस्तुहरु प्रद्र्धशनीमा राखेका थिए । प्रद्र्धशनीमा राखिएका कृषि जन्य बस्तुहरुमा मुला, काउली, टमाटर लगाएतका तरकारीका प्रकारहरु राखिएको जनाइएको छ ।
कृषि मेलामा प्रद्र्धशनमा राखिएका कृषि जन्य बस्तुहरु मध्येका उत्कृष्ठ कृषकहरुलाई प्रथम द्धितिय र तृतिय तथा सान्तोना स्थानमा राखिएको बताइएको छ ।
उक्त कृषि मेलामा प्रद्र्धशनमा राखिएको पंचकोशि महिला समूहकी सुना वि.क.को कृषि जन्य बस्तु प्रथम भएका जनाइएको छ । यस्तै पंचकोशि महिला समूहकी शान्ता शाहीको कृषि जन्य बस्तु द्धितिय, दान बहादुर थापाको कृषि जन्य बस्तु तृतिय तगा विनिता आचार्यको कृषि जन्य बस्तु सान्तोना भएको जानकारी प्राप्त भएको छ ।
कृषि मेला प्रद्र्धशनी कार्यक्रममा बोल्दै भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तुको बजारिकरण तथा उत्पादनमा बृद्धि हुने उदेश्यले संचालन गरिएको मेलाले कृषकहरुलाई हौसला प्रदान गर्ने बताए । उनले गाउँपालिकाले कृषि जन्य बस्तु उत्पादनमा बृद्धि गर्नका लागि सहयोग गर्न तयार रहेको बताए ।
एईआईएन र टिडिएच जर्मनीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्धन परियोजनाको सहयोग तथा कालिका युवा संजालको आयोजनामा सम्पन्न कृषि मेला प्रद्र्धशनीको अध्यक्षता कालिका यूवा संजालकी अध्यक्ष कृष्णा वि.क.ले गरेकी थिइन् । कृषि मेला प्रद्र्धशनीमा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष लगाएतले अवलोकन गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखकी कार्यक्रम संयोजन दुर्गा गिरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया