सर्बपक्षिय निणर्य कार्यान्वयन भएन

सर्बपक्षिय निणर्य कार्यान्वयन भएन

हिक्मत नेपाली
दैलेख– दैलेख सदरमुकामको साँधुरो सडक । स्थानीय व्यापारिहरुको लापरवार्ही र सडक छेउमै निर्माण सामग्रीहरु राख्नाले अस्तव्यस्त सडकमा ओहोर दोहार गर्ने सावारी साधनहरु विच सडकमै तमासे बनेका हुन्छन् । जसका कारण पटक–पटक साना दुर्घटनाहरु भइरहेका छन् । साँधुरो सडकमा दुई तर्फी यातायात संचालनले दैलेख सदरमुकामको विच सडकमा बेला–बेला जाम समेत हुने गरेको छ ।
दैलेख सदरमुकाम प्रवेश गर्ने र सदरमुकामबाट बाहिरिने सावारी साधनहरु एकतर्फी बनाउन पटक–पटक सर्वपक्षिय निणर्य पनि भएका छन् । गत भदौ २३ गते दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकले यातायात संचालनमा कडाई गर्ने निणर्य गरेको थियो । त्यसको दुई महिना नबित्दै सोमवार पुन यातायात संचालन सम्बन्धि निणर्य गरिएको छ । दुई महिनाको विचमा दुई पटक गरिएका निणर्य कार्यान्वयनमा भने आउन सकेको छैन् । गत भदौ मा बसेको बैठकले यातायात संचालन सम्बन्धि १४ बुँदे निणर्य गरेको थियो । उक्त निणर्यमा भनिएको थियो “दैलेख सदरमुकाम क्षेत्रमा एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइनेछ ।”
यस्तै निजी सवारी साधनले यात्रु ओसार पसार गर्न नपाउने, दैलेख सदरमुकामबाट छुट्ने सबै यात्रु वाहक सवारी साधनहरु काँडाचौर बसपार्कबाट मात्र छुटुपर्ने निणर्य गरिएको थियो । दैलेखको काँडाचौर बसपार्कबाट छुटेका सवारी साधन नारायण क्याम्पस रामपुर, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै तल्लो सडकबाट बाहिरिनु पर्ने निणर्य गरिएको भएपनि कार्यान्वयन भने हुन सकेन् ।
यस्तै यातायातका साधनमा बालवालिकाको प्रयोग गर्न नपाइने, सवारी साधनले सडक अबरुद्ध हुने गरि यात्रु चढाउन र ओराल्न नपाइने तथा यात्रु ओराल्दा र चढाउदा खुल्ला ठाउँमा रोक्नु पर्ने, यातायातका साधानले अत्यावश्यक परेमा मात्र हर्न बजाउन पाउने लगाएतका निणर्य कागजमै सिमित भए । यस्तै कानुनले तोके बमोजिम आरक्षण सिटको व्यवस्था गर्नुका साथै आरक्षण सिटको अनिवार्य कार्यान्वयन गर्नुपर्ने लगाएतका निणर्यहरु गरिएको भएपनि उक्त निणर्य कायान्वयन नहुँदै फेरि अर्को निणर्य गरिएको छ । सोमवार बसेको सर्वपक्षिय बैठकले पहिलाकै निणर्यलाई कार्यान्वयन गर्ने गरि निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार बजार क्षेत्रमा व्यापारिक तथा निर्माण सामग्री राख्न नपाइने राखेको पाइएमा सामान जफत गर्ने निणर्य गरिएको छ । यस्तै सदरमुकामका विच सडकमा सडक अबरुद्ध हुने गरि सावरी साधन राक्न नपाइने निणर्य गरिएको देवकोटाले जानकारी दिए । उक्त बैठकको निणर्य अनुसार अब दैलेख बजार क्षेत्रमा मनोमानी ढंगबाट हर्न बजाउन पाइने छैन् । सहायक प्रजिअ देवकोटाका अनुसार उक्त निणर्य आउँदो १५ गते देखि लागु हुनेछ । दैलेख सदरमुकामको बजार क्षेत्रमा यातायात संचालन सम्बन्धि यस अघि गरिएका निणर्यहरु ठोस रुपमा कार्यान्वयन भने आउन सकेको छैन् ।

प्रतिक्रिया