वडाखोलामा कृषि मेला प्रद्र्धशनी

वडाखोलामा कृषि मेला प्रद्र्धशनी

दैलेख, स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तुको बजारिकरण तथा उत्पादनमा बृद्धि गर्ने उदेश्यले दैलेखको महाँवु गाउँपालिका वडा नं. २ वडाखोलामा कृषि मेला प्रद्र्धशनी मेला सम्पन्न गरिएको छ । कृषि मेला प्रद्र्धशनीमा स्थानीय कृषकहरुले आफुले उत्पादन गरेको कृष जन्य बस्तुहरु प्रद्र्धशनीमा राखेका थिए । प्रद्र्धशनीमा राखिएका कृषि जन्य बस्तुहरुमा मुला, काउली, टमाटर, माछा लगाएतका तरकारीका प्रकारहरु राखिएको जनाइएको छ ।

  कृषि मेलामा प्रद्र्धशनमा राखिएका कृषि जन्य बस्तुहरु मध्येका उत्कृष्ठ कृषकहरुलाई प्रथम द्धितिय र तृतिय तथा सान्त्वाना स्थानमा राखिएको बताइएको छ ।
उक्त कृषि मेलामा प्रद्र्धशनमा राखिएको दुनिखोला कृषि समूहका जगत वहादुर खत्रीको टमटर कृषि जन्य बस्तु प्रथम भएका जनाइएको छ । यस्तै जनचेतना कृषि समूहकी कमला थापा को काउली कृषि जन्य बस्तु द्धितिय, लक्ष्मि दलहन कृषि समुहका दल वहादुर गुरुङ को सिमी कृषि जन्य बस्तु तृतिय तथा सपना सावन जनचेतना युवा क्लव र हरि वहादुर खत्री सिद्धशान्ति युवा क्लवको कृषि जन्य बस्तु सान्त्वाना भएको जानकारी प्राप्त भएको छ ।
कृषि मेला प्रद्र्धशनी कार्यक्रममा बोल्दै महावु गाउँपालिकाका अध्यक्ष जंग वहादुर शाहीले स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तुको बजारिकरण तथा उत्पादनमा बृद्धि हुने उदेश्यले संचालन गरिएको मेलाले कृषकहरुलाई हौसला प्रदान गर्ने बताए । उनले गाउँपालिकाले कृषि जन्य बस्तु उत्पादनमा बृद्धि गर्नका लागि सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा वोल्दै सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले अहिल युवाको अवस्था भएकोले युवाहरु कुलत छोडेर स्वरोजगार सृजना हुने क्रियाकलापमा लाग्नु पर्ने वताउनु भयो । उहाँले अगाडी थप्नु भया,े “विहेवारी, २० वर्ष पारि अभियान संचालन भएकोले सवैले वालविवाह न्युनिकरण गर्नु पर्ने वताए ।”
एईआईएन र टिडिएच जर्मनीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्धन परियोजनाको सहयोग तथा सनलाईट युवा संजालको आयोजनामा सम्पन्न कृषि मेला प्रद्र्धशनीको अध्यक्षता सनलाईट यूवा संजालका अध्यक्ष नन्दाराम खत्रीले गरेका थिए । कृषि मेला प्रद्र्धशनीमा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगाएतले अवलोकन गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखकी सहायक निर्देशक दुर्गा गिरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया