कृषिमा आधुनिकीकरण आवश्यक

कृषिमा आधुनिकीकरण आवश्यक

दैलेख, जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले कृषि आधुनिकीकरण आवश्यकता औल्याएका छन् । राष्ट्रिय कृषक महासंघ जिल्ला शाखाको दोश्रो जिल्ला अधिवेशनको उद्घाउटन गर्दै उनले सो विचार राखेका हुन् ।
कृषिलाई गुजारामुखी होइन, व्यवसायिक बनाउन आधुनिक खेती प्रविधिको उच्चतम प्रयोग गर्दै उन्न खेतीका लागि कृषि प्रविधि सिकाउन आवश्यक रहेको बताए । उनले स्थानीय तहमा गएको बजेट कृषि व्यवसाय प्रवद्र्धनमा परिचालन गर्न कृषकहरुले माग गर्न सुझाव दिए ।
राष्ट्रिय कृषक महासंघका केन्द्रीय सदस्य प्रकाशबहादुर थापाले कृषिमा लगानी बढाउने सरकारी नीति कार्यक्रमहरु भए पनि सरकारी संयन्त्रहरुले कार्यान्वयन चासो नदिएको भन्दै असन्तुष्टी जनाए । कृषिमा लगानी गर्न बैंकहरु तयार नभएको, बाली विमा तथा पशु विमा कार्यक्रम पनि सरकारकै वेवास्ताले प्रभावकारी हुन नसकेको औल्याए ।
महासंघको जिल्ला अधिवेशनले पूर्व अध्यक्ष मोतीराम अधिकारीको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय कृषक महासंघ जिल्ला समिति सर्वसम्मतीबाट चयन गरिएको छ । समितिको उपाध्यक्ष इन्द्राकुमारी थापा, सचिव बिष्णुकुमारी शर्मा, सहसचिव शिवराज जैसी, कोषाध्यक्ष अम्विका बोहोरा चयन भएका छन् ।
त्यसैगरी राष्ट्रिय कृषक महासंघ जिल्ला समितिको सदस्यहरुमा रेखा बिक, देवीराम सुवेदी, शान्ति थापा र जानकी न्यौपानेलाई चयन गरिएको छ । विधान अनुसार बाँकी २ जना सदस्यहरु मनोनीत गरिनेछ । राष्ट्रिय कृषक महासंघमा हाल दैलेख जिल्लाका ५५ वटा कृषक समूहरु आवद्ध छन् ।

 

प्रतिक्रिया