मानव अधिकार मैत्री वडा उद्घाटन

मानव अधिकार मैत्री वडा उद्घाटन

दैलेख – महावु गाउँपालिकाको वडा नं. २ बडाखोलालाई आज एक समारोहवीच मानवअधिकार मैत्री वडा घोषणा कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा सञ्चालित मानवअधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज परियोजनाको कार्यक्षेत्र साविकका ७ गाविस मध्ये बडाखोलालाई आज पहिलो वडाको रुपमा बडाखोला छनौटमा परेको हो ।
समाजमा हुने जातीय विभेद, लैंगिक हिंसा, महिला हिंसाका समस्या केही कम हुदै गरेका र बालबालिका माथि हुने दुव्यर्वहार पनि केही हदसम्म कम भएको कारण बडाखोला मानवअधिकार मैत्री उद्घाटन गर्न पाएको आफूलाई गौरव लागेको वडाध्यक्ष रामकृष्ण गुरुङ्गले बताए ।
उनले मानवअधिकार मैत्री वडामा कुनै किसिमका विभेद वा असमानता हुन नदिन वडा कार्यालयले खवरदारी गरिरहने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सामूहिक आवाज परियोजना जिल्ला संयोजक चित्रबहादुर बिकले अहिले मानवअधिकार मैत्री वडा उद्घाटन मात्र गरिएको र यसको नियमित अनुगमन तथा निगरानीपछि अवको ६ महिनामा बृहत तथा औचापरिक रुपमा मानवअधिकार मैत्री घोषणा हुने जानकारी दिए ।
मानवअधिकार मैत्री वडा घोषणाको पूर्वाधारका रुपमा वडाको धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक, प्राकृतिक सम्पदा लगायतका क्षेत्रमा दलित तथा सिमान्तकृतको अहिलेको अवस्था र पहुँच अभिबृद्धिको विधि तथा प्रक्रिया विषयमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सहजीकरण गरेको सो कार्यक्रममा खुला अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया