लाँकुरीलाई बालविवाह र मदिरा मुक्त वडा बनाइने

लाँकुरीलाई बालविवाह र मदिरा मुक्त वडा बनाइने

हिक्मत नेपाली
दैलेख दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. २ लाँकुुरीलाई बालविवाह र मदिरा मुक्त वडा बनाउनका लागि अभियानको थालनी गरिएको छ । आइतवार गरिएको अबैध मदिरा तथा बालविवाह न्यूनिकरणका लागि अन्तरक्रिया तथा एक दिने अभिमुखिकरण कार्यक्रममा वडा भित्र बाल विवाह र मदिरा मुक्त बनाउने निणर्य गरिएको डुंगेश्वर गाउँपालिका वडा नंं २ का वडा अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिएका छन् । वडा भित्रका विभिन्न स्थान तथा समुदाय भित्र अवैध मदिरा तथा व्ययवसायीक रुपमा आयआर्जनको मुख्य स्रोतको रुपमा लिइएको घरेलु मदिराले समाजमा विकृती फैलाएको भन्दै यस्तो अभियानको थालनी गर्ने निणर्य गरिएको अध्यक्ष केसीले बताए ।
भेलाले आइतवार गरिएको वडा स्तरिय भेलाले आइतवार देखि नै वडा भित्रका बासिन्दा र सरोकारवाला निकायहरुलाई सूचना तथा जानकारी गराई अबैध मदिरा उत्पादन, बिक्री वितरणमा रोक लगाइने अध्यक्ष केसीले बताए । अटेर गरि मदिरा बिक्री वितरण तथा उत्पादन गरेको पाइएमा डुंगेश्वर गाउँपालिका वडा नं. २ बाट दिइने सेवा सुविधा रोक्ने निणर्य गरिएको छ ।
यस्तै कार्यक्रमले वडा भित्र बालविवाह बढ्दै गएको भन्दै बालविवाह न्यूनिकरणका लागि अभियान थाल्ने निणर्य गरेको छ । वडामा बालविवाहको संख्यामा बृद्धि हुन थालेपछि वाल विवाह रोक्नका लागि सूचनामुलक सडक नाटक, अभिमुखिकरण कार्यक्रम, जनचेतनामुलक कार्यक्रमहरु लगाएतका क्रियाकलापहरु संचालन गरिने बताइएको छ ।
बालविवाह रोकथामका लागि सरोकारवाला निकायहरु संगको सल्लाह सुझाव र सहयोग लिएर अभियान संचालन गरिने वडा अध्यक्ष खत्रीले जानकारी दिएका छन् । बालविवाह रोकथामका लागि अभिभावकहरुलाई समेत जवाफदेहिता बनाउदै लैजाने निणर्य गरिएको अध्यक्ष केसीले जानकारी दिए ।
यस्तै वडा भित्र अबैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातास रोकथाम, क्यारम खेल जस्ता विषयहरु अबको १५ दिन भित्र बन्द नगरे सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही समेत गरिने निणर्य गरिएको छ । वडामा अबको १५ दिन भित्र अवैध रुपमा उत्पादन गरिने मदिरा विक्री वितरण तथा उत्पादनलाई रोक्नुपर्ने छ । यस्तै वडा भित्रका व्यपारिहरुले संचालन गरेको क्यारम खेललाई पनि रोक्नुपर्नेछ ।
वडा अध्यक्ष राजु कुमार केसीका अनुसार वडालाई अब छिट्टै बालविवाह मुक्त बनाइने बताए । वडामा जननिर्वाचित प्रतिनीधिहरु र वडा बासीको सहभागितामा गरिएको यस्तो निणर्यलाई कार्यान्वयनमा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

 

प्रतिक्रिया