समुदायको समस्या समाधानका लागी कानुनलाई एकरूपता दिन सराेकारवालाकाे जाेड

समुदायको समस्या समाधानका लागी कानुनलाई एकरूपता दिन सराेकारवालाकाे जाेड

जिवन अाचार्य

देलेख, समुदायको समस्या समाधानका लागी कानुनलाई एकरूपता दिएर पक्रीयागत तरीकाले अगाडी बढ्नुपर्नेमा दैलेखका सरोकारवालाहरुले जोड दिएका छन । फियान नेपाल दैलेखले आज सदरमुकाममा आयोजना गरेको ‘‘खाद्य अधिकार समुहको सवालबारे पिडीत समुदाय, नागरीक समाजका प्रतिनीधि र स्थानीय तहका सरोकारवलाहरु संगको समन्वयात्मक बैठक” कार्यक्रममा सहभागी जिल्लाका सरोकारहरुले यस्तो बताएका हुन ।
बैठकमा दैलेखको रातीमाटे र नमुना बस्तीका सुकुम्बासी समुदायका नागरीकह? तथा पश्चिम राकमकर्णलीका एचआईभि भएका महिलाहरुलको समस्याका बारेमा बिबीध छलफल भएको थियो । दैलेखको पश्चिम राकम कर्णलीमा रहेका एचआईभि भएका महिलाहरुका समस्याहरुमाथी सम्बन्धीत निकाय समक्ष बिबीध पक्षहरुमा माग राख्ने क्रममा अहिले बिभीन पहलहरु भैरहेका छन । राकमकर्णलीका एचआईभि भएका महिलाहरुलाई पोषण भत्ता, पिडीत महिलाहरुको लागी आकष्मीक कोष स्थापना जस्ता कामहरु अहिले भैरहेका छन । यस्तै पिडीत महिलाहरुको जिवन निर्वाहाका लागी आयआर्जन मुलक, व्यवसायीक सिप बिकास सम्बन्धी तालीमहरु प्रदान गर्ने जस्ता कुराहरुमा पनि सम्बन्धीत निकायहरुले ध्यान दिनुपर्नेमा सारोकारवालाहरुले जोड दिएका छन ।
छलफल कार्यक्रममा बोल्दै दैलेखको रातीमाटे र नमुन बस्तीका सुकुम्वासीहरु ले आफुह?लाई अहिले लालपुर्जा सबैभन्दा आवस्यक भएकोले लालपुर्जा उपलब्ध गाराईदिन सरोकारवाला तथा स्थानीय जनप्रतिनीधिह?लाई आग्रह गरेका छन । स्थानिय तहको निर्वाचन देखी भर्खरै सम्पन्न भएको प्रदेश तथा प्रतिनीधि सभाको निर्वाचन अगाडी बिभीन्न राजनैतिक दलहरुले ती समुदायका नागरीकहरुलाई तत्काल लालपुर्जा उपलब्ध गराउने आस्वासन बाडेपनि अहिले सम्म कसैले पनि वास्ता नगरेको सुकुम्वासी समुदायका नागरीकहरुको गुनासो छ ।
यसैबिच कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कुनै पनि नागरीकको आधारभुत आवस्यकताको परीपुर्ती गर्नका लागी पक्रीया बुझेर अगाडी बढ्नुपर्ने बताएका छन । नागरीकह?ले आफ्ना मागहरु पुरा गर्नका लागी कुन प्रक्रिया अपनाउने भन्ने अझैपनि राम्रोसंग थाहा नपाएको बिभीन्न निकायका सरोकारवालाहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै नारायण नगरपालीका वडा नबर १ का वडाअक्ष तिर्थनारायण श्रेष्ठले सुकुम्वासी समुदायका नागरीकहरुलाई लालपुर्जा दिलाउने काम आफुले जसरी पनि गर्ने आस्वासन दिनुभएको छ । उहाले नागरीकलाई नआत्तीकन बस्न आग्रह गर्दै सबै सरोकारवालाहरु तथा सम्बन्धीत निकायहरुसंग समन्वय गरेर नारायण नगरपालीका भित्रका समस्या हल गर्नतर्फ आफुले पहल थाल्ने बताउनुभएको छ ।
कार्यक्रममा दैलेखका बिभीन्न कार्यालय तथा सघंसस्थाका प्रमुख एवंम प्रतिनीधि, अधिबक्ता, बिभीन्न समुदायका नागरीकहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया