प्रदेश नं. ६ का मानव अधिकार रक्षकहरु सुर्खेतमा

प्रदेश नं. ६ का मानव अधिकार रक्षकहरु सुर्खेतमा

हिक्मत नेपाली
सुर्खेत पौष १३, प्रदेश नं. ६ का ६ जिल्लाका मानव अधिकार रक्षकहरु सुर्खेतमा भेला भएका छन् । ३ दिन सम्म मानव अधिकार रक्षकहरुको सुरक्षाका बारेमा छलफल र जानकारी लिनका लागि मानवअधिकार रक्षकहरु सुर्खेतमा भेला भएका हुन् । ६ नं. प्रदेशका विभिन्न ६ वटा जिल्लामा कार्यरत रहेका मानव अधिकार रक्षकहरुको सूरक्षा चुनौतीहरुमा बृहत छलफल समेत गरेका छन् ।

६ नंं प्रदेशका ६ जिल्लाबाट सहभागि रहेका महिला मानव अधिकारकर्मी, संचारकर्मी, कानुन व्ययवसायीहरुकोले मानव अधिकारका विषयमा आउन सक्ने चुनौतीहरुका बारेमा छलफल गरिएको छ । छलफलमा दैलेखका अधिवक्ता तथा नेपाल मानव अधिकार संठगन जिल्ला शाखा दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले मानव अधिकारको विषयमा सरोकारवाला निकायहरु नै फितलो भएको बताउनुभएको छ । उहाँले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा वर्तमान अवस्थामा पनि मानव अधिकार रक्षकहरुले ठुलो चुनौती भोग्नु परेको बताउदै सम्पूर्ण देशभरिका मानव अधिकार रक्षकहरुले समाज समृद्धीका लागि एक आपसमा चनाखो भई बफादारिपूर्वक विशुद्ध सेवामा जुट्न आवश्यक रहको औल्याउनु भएको छ ।
यस्तै मानव अधिकार रक्षकहरुका लागि प्रदेश नं. ६ मा मानव अधिकार रक्षकहरुका लागि सुरक्षा सम्बन्धि सुर्खेतमा कोक्यापले तालिम आयोजना गरि मानव अधिकार रक्षकहरुका फिल्ड चुनौतीका सुन्दर्भहरुका विषयमा विभिन्न विषयमा महिला तथा पूरुष रक्षकहरुलाई तालिम संचालन गरेकोमा धन्यवाद दिनुभयो ।्
तिन दिन सम्म संचालन हुने तालिममा ६ नं. प्रदेशका ६ जिल्लाका मानव अधिकार रक्षकहरुका लागि सुरक्षामा प्राथमिकता दिइने नेपाल मोनिटर अर्गका तालिम संयोजक अभिलेस कर्णले जानकारी दिनुभयो ।
फिल्ड स्तरमा काम गर्ने मानव अधिकार रक्षकहरुको लागि सुरक्षा चुनौती संगै व्यक्तिगत जोखिमहरु पनि आउने गरेको नेपाल मोनिटर अर्गका संयोजक डा. फ्रिजो हेकेरले बताउनुभएको छ ।
उहाँका अनुसार फिल्ड स्तरमा कार्यरत रहने मानव अधिकार रक्षकहरुलाई जान्नै पर्ने सुरक्षाहरुका बारेमा जानकारी दिइएको बताए ।
सामाजिक कार्यको लागि किशोर किशोरी तथा एनिमेटरको संगठन (आशा) संजाल सुर्खेतकी सल्लाहकार तथा सामाजिक अभियान्ता सजना सुनारले हामीले समाजको हितका लागि काम गर्ने बताउदै सामाजिक रुपमा सकारात्मक परिवर्तनको चाहाना रहेका बताइन् । उनले सामाजिक रुपमा राम्र्रो काम गर्दा गर्दै समाज विगार्ने तत्वहरुले आँखाको कसिंगरको रुपमा मानवअधिकार रक्षकहरुलाई लिने गरेको दुःखेसो पोखिन् ।
३ दिने तासलम शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना तथा नेपाल मोनिटर अर्गको सहयोगमा संचालन गरिएको हो ।

प्रतिक्रिया