व्यवहारिकता मिलाउदा,कानुन बिर्सन्छौ

व्यवहारिकता मिलाउदा,कानुन बिर्सन्छौ

प्रदेश ६ मा महिला हिंसाका उजुरीमा तत्काल कारबार्ही गर्छौ, ः प्रहरी

हिक्मत नेपाली
सुर्खेत पौष १५
प्रदेश नं. ६ को प्रश्तावित राजधानी सुर्खेतको विरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख संगै प्रहरी अधिकारीहरुले प्रदेश नं. ६ मा महिला हिंसा सम्बन्धि परेको उजुरीहरु माथी तत्काल कारबार्ही गर्ने बताएका छन् । विरेन्द्रनगर सुर्खेतको सिद्धार्थ सन्नी रिर्सोटमा शनिवार गरिएका एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । प्रदेश नं. ६ का विभिन्न जिल्लामा मानवअधिकार रक्षकहरुसंगको छलफलमा बोल्दै विरेन्द्रनगर नगरपालिका सुर्खेतकी उपप्रमुख मोहनमाया ढकालले महिलाका मुद्धामा आफु संवेदनशिल रहेको बताउनुभएको छ ।

छलफल कार्यक्रममा सहभागि विरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल संगै प्रहरी प्रमुखहरु

कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका कार्यरत मानवअधिकार रक्षकहरुले राखेको प्रश्नको जवाफ दिदै उपप्रमुख ढकालले अहिले स्थानीय तहको पुर्नसंरचना पश्चात स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको सहभागिता रहेको बताइन् । उनले महिलाहरुले गरेको निकै लामो त्याग र तपस्याबाट प्राप्त गरेको अधिकारलाई महिलाहरुले व्यवहारमा कार्यान्वयनमा ल्याउनका लागि आफु लागिपरेको बताउनुभयो ।
आफुले पाएको न्यायिक अधिकारहरुलाई अक्षरस पालना गर्दै न्यायिक निकाय सम्म आइपुग्ने पिडितहरुलाई रित्तो हाल नर्फकाउने बताउदै उपप्रमुख ढकालले सुर्खेत जिल्ला संगै प्रदेश नं. ६ का जिल्लाहरुमा जटिल समस्याको रुपमा रहेको देह व्यापारmलाई समाधान गर्नका लागि पहल थाल्ने बताउनुभयो । सुर्खेतकी सामाजिक अभियान्ता जरमाया वाडाको प्रश्नको जवाफ दिदै उपप्रमुख ढकालले सूचना प्रविधिको गलत प्रयोगका कारण देह व्यापार बढ्दै गएको बताउदै देह व्यापारमा लागेको महिलाहरुलाई उचित व्यवस्थापन गरेमा मात्र देह व्यापारको समस्या क मगर्न सकिने बताउनु भएको छ । उहाँले संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई दिएको अधिकारलाई टेकेर अगाडी बढेको बताउदै भन्नु भयो “ अब दोस्रो नगर तथा गाउँ सभाले स्थानीय तहको कानुन बनाएर अगाडी बढ्ने छ । ”
यस्तै विभिन्न जिल्लाका मानवअधिकार रक्षकहरुको सवालमा जवाफ दिदै उपप्रमुख ढकालले अहिले सम्मका कतिपय उजुरीहरुमा कानुन विर्सीएर व्यवहारिकता मिलाइने गरेको बताउनुभयो । प्रदेश नं. ६ मा बाल विवाह, बहुविवाह, बलात्कार , देह व्यापार, महिला हिंसा, जातिय छुवाछुत लगाएतका कुप्रर्थाहरु रोक्नका लागि अभियान चलाउनु उहाँको भनाई थियो । विभिन्न सास्कृतिक तथा धार्मीक दृष्टिकोणले भरिपूर्ण भएपनि प्रदेश नं. ६ का जनताहरु अहिले पनि छाउगोठमा बस्न बाध्य भएको बताउदै ढकालले प्रदेश नं. ६ का महिलाहरुलाई कुनै पनि हालतमा हिंसामा पर्न नदिने खालका कार्यक्रमहरु संचालन गनेए बताउनु भएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी राज कुमार खिइजुले प्रदेश नं. ६ का विभिन्न जिल्लामा सबै भन्दा जटिल विषय मदिरा उत्पादन तथा विक्री वितरण भएको बताउदै यसलाई रोक्न आन्तरिक राजश्व कार्यालय र प्रहरीले सयुक्त रुपमा अनुगमन तथा नियमन गर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (एसपी) उमा प्रसाद चर्तुवेदीले प्रदेश नं. ६ का विभिन्न जिल्ला संगै सुर्खेतमा पनि देह व्यापारमा लागेका महिलाहरुको संख्या बढी भएकोले त्यस्ता कार्यमा लागेका महिलाहरुलाई बैकल्पीक रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको छ ।
शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना तथा नेपाल मोनिटर अर्गको सहयोगमा संचालन गरिएको कार्यक्रमको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उप–प्राध्यापक कमल लम्सालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल मोनिटर अर्गका तालिम संयोजक अभिलेस कर्ण र नेपाल मोनिटर अर्गका संयोजक डा. फ्रिजो हेकेर लगाएतका प्रदेश नं. ६ का मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया