४२ जिल्ला हिड्दै दैलेख आए सरद

४२ जिल्ला हिड्दै दैलेख आए सरद


दैलेख १० माघ/ नेपाल बुझ्न र मुलुकको शान्ति र समृद्धीको कामना गर्दै देशका ७७ वटै जिल्लामा पैदल यात्राका लागि निस्कीएका सरद कोइराला दैलेख आइपुगेका छन् । काभ्रेको नबबुद्ध नगरपालिका वडा नं. ५ घर भएका १८ बर्षिया सरद दैलेख आएको ४३ औँ जिल्ला हो । उनि मंगलवार मात्रै सुर्खेतबाट दैलेख आइपुगेका छन् । उनि हिडेरै नेपाल घुम्ने उदेश्य सहित दैलेख सम्म आइपुगेका छन् । नेपालका ७७ वटै जिल्ला पैदल यात्रा घुम्ने उदेश्यले गत भदौ २० गते घर बाट निस्कीएको सरदले बताए । नेपालमा बस्ने नागरिकहरुको रहन सहन र मुलुकमा शान्तिको कामना गर्दै पैदल यात्रा गरिरहेको उनले बताए । पुस्कर शाह द्धारा लिखित किताबबाट प्रभावित भएर नेपाल घुम्न थालेको सरदको भनाई छ । कक्षा १२ मा अध्ययनरत सरदले भने ‘मेरो दैनिकी कलेज देखि घर र घर देखि कलेज सम्म मात्र थियो ।’ पढाई सकिएपछि कुनै जागिरे जिवन या व्यवसायमा लाग्नु बाहेक अरु विकल्प थिएन्, उनले भने ‘धेरै सोचे अनी पैदल यात्रा सुरु गरे ।’

फोटो – पत्रकारहरु संग कुराकानी गर्दै पैदल यात्रामा निस्कीएका सरद कोईराला ।

दैलेख सदरमुकाममा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सदरले मुस्कुराउदै भने ‘घरबाट निस्कदा म संग जम्मा ७ सय रुयैयाँ थियो ।’ बाटोमा हिड्दै जाँदा धेरै समाजसेवीहरुले आफुलाई सहयोग गरेको उनले बताए । धेरै सहयोगी मनहरुले आर्थीक सहयोग पनि गर्नुभयो । दैलेख आइपुग्दा म संग ३ हजार रुपैयाँ छ, सरदले भने । सरदले एकोहोरो आफ्नो मिठो घटना सुनाए । लुक्ला जाँदा सोलुखुम्बुको हिमाली भेटमा हिडिरहेको थिए, भोगले असाध्यै च्यापेको थियो, एक गाँस खाना माग्नलाई नजिक कुनै घरहरु पनि थिएनन् उनले भने ‘पानी खाँदै यात्रा अगाडी बढाइरहेको थिए, भोग मेटाउन फालेका चाउचाउका खोस्टाहरु खोज्दै हिडेको त्यो पल सम्झना लायक छ ।’
मुस्कुराउदै सरदले भने ‘बाटोमा हिड्दै गर्दा एउटा फालेको चाउचाउको पोका भेटाए, चाउचाउको खोस्टा भित्र नुनको धुलो थियो । त्यहि नुनको धुलो संग पानी खाए ।’ भोगले सताइरहेको बेला त्यहि चाउचाउमा भएको नुनको धुलो पनि निकै स्वादिलो लाग्यो ।’ पैदल यात्रा सुरु गरेको विचमा दशै र तिहार आयो, सदरले भने म घर गइन् ।

उनका आमाबुबा फरक फरक व्यवसायमा रहेको सदर बताउछन् । घरमा दुई दिदि र एक भाई रहेको बताउदै सरदले घर परिवारबाट भावनात्मक सहयोग पाइरहेको बताए । नेपाल घुम्नुको मुख्य उदेश्य एउटा किताब लेख्न चाहेको सरदले बताए । नेपाललाई विश्वभरि चिनाउन एउटा यात्रा स्मरण लेख्ने प्रयासमा रहेको सरदले बताए । आफ्नो यो अभियानमा मुलुकभर छरिएर रहेका (एमआरआर) का साथीहरुले सहयोग गरेको सरदको भनाई छ । आफु पुगेको ४२ जिल्लाका नागरिकहरुको फरक फरक क्रियाकलाप र सोचाई रहेको उनको अनुभव छ । कयौ स्थानमा मलाई बास दिइयो । कयौ स्थानमा गाँस, उनले भने धेरै जना व्यक्तिहरुले त मलाई पागल पनि भने । तराई भन्दा पहाडी क्षेत्रका धेरै जसो युवाहरु बेरोजगार रहेको सरदले बताए । नेपालका ७७ वटै जिल्लामा पैदल यात्रा पछि सर्बोच्च शिखर सगरमाथामा पाइला टेक्ने उनको लक्ष छ । बुधवार सदरले पैदल यात्रा सुरु गरेको १ सय ४० औ दिन हो ।

 

प्रतिक्रिया