संघियता कार्यान्वयनका लागि स्थानिय तहमा बैंक स्थापना हुनु पनि महत्वपूर्ण -आचार्य

संघियता कार्यान्वयनका लागि स्थानिय तहमा बैंक स्थापना हुनु पनि महत्वपूर्ण -आचार्य

दैलेख १० माघ- संघियता कार्यन्वयनमा स्थानिय तहमा बैक स्थापना हुनु पनि महत्वपूर्ण खम्बा भएको दुल्लू नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत धुर्वराज आचार्यले बताउनु भएको छ । आचार्यले बैंकले कर्जा लगानी गर्दा गरिव, दुर दराज, निमुखा बर्गको जीवन स्तर उकास्नमा भुमिका खेल्नु पर्ने बताउनु भयो । राष्ट्रिय बाणिव्य बैंक शाखा कार्यालय दुल्लूले ५३ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमा उक्त कुरा बताउनु भएको हो । उहाँले बैंकमा बेलाबेलामा आर्थिक अभाव हुने गरेको भन्दै आर्थिक अभाव हुन नदिनमा बैकले ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा दुल्लू नगरपालिका वडा न.. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले कुनै पनि ब्यक्तिले नया योजनाका साथ ब्यवसाय गर्नको लागि कर्जा मागेमा बैंकले कर्जा उपलब्ध गराउनेमा बिश्वास ब्यक्त गर्नु भयो । यस्तै नेकपा एमाले जिल्ला कमिटीका उपसचिव तिलक रिजालले देशमा राजनिति क्रान्ती सकिएको भन्दै अवको बाटो भनेको आर्थिक क्रान्ति भएको भन्दै उत्पादन मुखी भएर ब्यवसायीक किसान बनाउनमा बैँकले बिशेष भुमिका खेल्नु पर्ने बताउनु भयो ।

बि.स. २०२२ सालमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैँकले बुधवार ५३ औँ बार्षिक उत्सव मनाएको हो । दैलेखको दुल्लूमा भने राष्ट्रिय बाणिज्य बैँकको शाखा बि.स. २०७० असार २४ गते स्थापना भएको थियो । राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यलय दुल्लूले बर्षकै बार्षिक उत्सव मनाइ रहेको छ ।

शाखाका सहायक प्रबन्धक कृष्ण आचार्यको स्वागत मन्तब्य बाट सरु भएको कार्यक्रमा दुल्लू नगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मी आचार्य , ब्यवसायी डम्मर खड्का लगाएतका अतिथीहरुले बार्षिक उत्सबको अवसरमा सुभकामना दिनु भएको थियो । शाखा कार्यलय दुल्लूका प्रबन्धक तारा केशर पौडेलको अध्यक्षतामा भएको कर्यक्रमको संचालन टेक राज न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया