पर्यटकीय स्थलको प्रचार गर्न दैलेख सांस्कृतिक महोत्सव हुने

पर्यटकीय स्थलको प्रचार गर्न दैलेख सांस्कृतिक महोत्सव हुने

दैलेख माघ ११/ पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सव हुने भएको छ । रिर्पोटर्स क्लव शाखा दैलेखको आयोजनामा यही माघ २९ गतेबाट दैलेख सांस्कृतिक महोत्सव हुन लागेको हो । पर्यटन, , स्थानीय कलासंस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सव गर्न लागिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक गोविन्द केसी जानकारी दिए । जिल्ला दैलेखका पञ्चकोशी लगायतका धार्मिक तथा ऐतिहासिक स्थलकहरुको अवलोकनका लागि बाह्य पर्यटकहरुलाई थप प्रोत्साहिन गर्ने अपेक्षा केसीको छ ।

उनका अनुसार ८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र ५ लाख दर्शकहरुले अवलोकन गर्नेछन् । महोत्सव अवधिमा करिव १ करोडको कारोबार हुने अपेक्षा संयोजक केसीको छ । महोत्सवमा जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने संयोजक केसीले बताए ।

अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीय ब्यपारिका लागि मात्र स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया