सासुले धुसाइन बुहारीको मुखमा अगुल्टो

सासुले धुसाइन बुहारीको मुखमा अगुल्टो

दैलेख माघ १३/ जिल्लामा महिला हिंसाको लागि चर्को बहस सुरु भएको बर्षौ वितिसक्यो । तर महिला माथी हुने हिंसा भने कमी हुन सकेको छैन् । महिला हिंसा रोकथामका प्रयासका स्वरुप सरकारी नीति नियम जति कडाई भएको छ त्यति नै महिला माथि हुने हिंसाका प्रकृति पनि त्यति आक्रमक हुदै गएका छन् ।

महिलाहरु श्रीमानबाट मात्रै नभएर घरभित्रका सासु ससुराबाट समेत हिंसामा परिरहेका छन् ।
दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीमा घरायसी कुरामा सवाल जवाफ हुँदा सासुले बुहारीको मुखमा आगोको अगुल्टो घुसाइदिएकी छिन् । एक वर्ष अघि विवाह गरेकी १९ वर्षीया शान्ति बस्नेतलाई उनकी सासु ३८ वर्षीया सुशीला बस्नेतले घरायसी कुरामा विवाद भइरहेको बेला ‘बुहारी भएर पनि प्रतिवाद गरेकी’ भन्दै गत शनिवार साँझ घरकै चुल्होमा आगो बल्दै गरेको अगुल्टो मुखमा कोच्याएको पीडित शान्तिले बताइन् ।
विवाह भए लगतै बालविवाहको मुद्दा लाग्छ भन्ने सुनेर शान्तिको श्रीमान् २१ वर्षीय रोशन बस्नेत शान्तिलाई घरमै छोडेर भारत गएका र ११ दिन अघि मात्र घर आएपछि विवाद भएको बताइएको छ ।

रोशनले ‘बालविवाह लाग्छ भनेर बाहना मात्र बनाएको हुँ, तँ पोइल गइसक्नु पर्ने किन बसेको ?’ भन्दै कुटपिट गरेको घटनापछि सासुले यस्तो दुव्र्यवहार गरेको पिडित शान्तिले बताइन् ।
‘घरमै बस्नु भनेर गएकाले माइती समेत नगएर घरकै खेती धन्दा सघाएँ, अहिले जा भनेर किन जानू ? काँही जान्न भनेर श्रीमान्संग प्रतिवाद गरेर सासुलाई छोरालाई सम्झाउनुस्’ भन्दा उल्टै सासुले चुल्होमा बल्दै गरेको अगुल्टो झोसेको शान्तिको भनाई छ ।
यस घटना बारे आरोपित पक्षलाई झिकाई कारवाही गरी दिन शान्तिले जिल्ला प्रहरी कार्यालय दैलेखमा शुक्रवार मात्र उजूरी गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज असई बिष्णुदेबी गैरेले मान्छे झिकाउने मातहतको प्रहरी चौकीलाई भनिसकिएको जानकारी दिइन् ।
कुटपिटपछि पनि घरमै बस्दै आएको भएपनि घर छोडेर जान पटक पटक धम्की दिएको शान्तिले बताइन् । घरमा नबस् भनेर निरन्तर दवावपछि तेश्रो दिन मात्र उनि डुंगेश्वर गाउँपालिका–६ अवलपराजुल माइतीमा पुगेकी थिइन् । माइतीको सहायतामा सदरमुकाम आएकी शान्तिले सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख द्धारा संचालित महिला तथा बालबालिका सेवा केन्द्र मार्फत मुद्दा प्रहरीमा पु¥याएकी हुन् ।
फोटो ः पिडित १९ वर्षीया शान्ति बस्नेत ।

प्रतिक्रिया