प्रदेश ६ को पहिलो संसद बैठक माघ २१ गते

प्रदेश ६ को पहिलो संसद बैठक माघ २१ गते

प्रदेश संसदको बैठक बसाल्ने तयारी भएको सिचाइँ विकास डिभिजन कार्यालय । 

सुर्खेत : प्रदेश नम्बर ६ मा प्रदेश सभाको बैठक माघ २१ गते बस्ने भएको छ । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिउँसो १ बजे बोलाइएको हो । प्रदेश प्रमुखको कार्यालयले स्थानीय दलहरुसँग छलफल गरेर आइतबार पहिलो बैठकको मिति तय गरेको हो ।

पहिलो बैठकको अध्यक्षतामा जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठकको मिति तय भएसँगै संसद बैठक बस्ने क्षेत्रीय सिचाईं विकास डिभिजनको हलमा आवश्यक सजावटको काम सुरु भएको हो । बैठक स्थलमा फर्निचरको व्यवस्थापन, रंगरोगन र अन्य सजावटका काम सुरु गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाले बैठक बोलाइएको र आवश्यक तयारी सुरु भएको जानकारी दिए । यसअघि जिल्ला समन्वय समितिको हलमा बैठक बसाल्ने तयारी गरिएको थियो । तर सिचाईं डिभिजनको हल नै उपयुक्त भएको सांसदहरुले सुझाव दिएपछि उक्त हललाई छनोट गरिएको हो।

प्रदेश संसदका लागि प्रस्ताव गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा मर्मत हुन समय लाग्ने भएकाले अस्थायी रुपमा सिचाईंको हलमा संसद बैठक बस्नेछ।

प्रतिक्रिया